बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपालमा सुजुकी गाडी पूर्ण इन्धन क्षमता परीक्षण मानक अनुरूप

मङ्गलबार, ११ जेठ २०७३, १२ : ३७
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौ –नेपालमा उपलब्ध सुजुकी गाडीको क्षमता मानक र इन्धन दक्षता तोकेको मापदण्ड अनुरुपको रहेको सुजुकी कम्पनीले जनाएको छ । नेपालकालागि सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्प कम्पनिले नेपालमा उपलब्ध सुजुकी गाडी देश भारतमा निर्माण भएको र इन्धन दक्षता रिपोर्ट भारतको केन्द्रीय मोटर गाडी नियमावली १९८९ को नियम ११५ अनुरुप रहेको जनाएको हो ।

कम्पनीले थप अग्रिम प्रविधि र नवीनताको प्रयोग संगै सुजुकी गाडी देशमा सबै भन्दा इन्धन कुशल र सबै भन्दा राम्रो प्रदर्शन युक्त भनेर चिनिएको जनाएको छ ।

सुजुकी मोटर्ससबै भन्दा ठूलो बिक्री नेटवर्क तथा उत्कृष्ट ग्राहक सेवा सहित स्थापना भएको गाडी हो । नेपालको कुनै पनि चार पाँङग्रे कम्पनी मध्ये सुजुकी सबै भन्दा बढी बजारहिस्सा अगोगट्न सफल छ । यसको ३० वटा विक्री सेल्स नेटवर्क र २० वटा सर्भिस नेटवर्क छन् ।

सुजुकीका Alto 800, Alto K10, Celerio, Wagon R, Swift , Swift Dzire, Ciaz, S Cross, Omni Van & Cargo and Eeco गाडी नेपाली बजारमा छन् ।

कम्पनी हालै यसको प्रिमियम ह्याचब्याक को ‘बालेनो’ हालै बजारमा ल्याइसकेको छ । जुन सुजुकी सेगमेण्टको सवैभन्दा बढी माग हुने कारको रुपमा स्थापित हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप