बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

धुर्मस–सुन्तलीको अभियानलाई ६ लाख सहयोग गर्ने दिण्डुले खोले यस्तो रहस्य

मङ्गलबार, ११ जेठ २०७३, १७ : ३५
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौं–गीरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैँया सहयोग गरेका छन् । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि दिण्डुले दिएको यो रकम नै धुर्मुस सुन्तली फाउण्डेशनलाई प्राप्त अहिलेसम्मकै उच्च सहयोग हो ।

उक्त सहयोग रकम दिण्डुकी आमाको हातबाट उनले फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई प्राप्त गरेकी हुन् । नुवाकोट बेतीनी ९ ग्याङमाजन्मिएर दिण्डु, हाल हाइल्याण्ड उत्तर क्यालीफोर्नीया अमेरिकामा होटल व्यावसाय गरीरहेका छन् ।

उनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि अमेरिकाबाट सहयोग गर्नेको संख्यानिकै कम रहेकाले उक्त सहयोग गरेको बताएका छन् । यदि अमेरिका बस्ने नेपालीले मात्र दिलखोलेर सहयोग गर्ने हो भने गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि मनग्गे सहयोग जुट्ने भएपनि सहयोग गर्नेहरु सेलाएकाले आफ्नो तर्फबाट सकेको सहयोग गरेको उनको भनाई छ ।

पहिलापनि बस्ती बसाएर देखाइसकेको र राष्ट्रियस्तरको कलाकारले थालेको यो अभियानमा युरोपबासी नेपालीदाजुभाई तथादिदीबहिनीको नाम निकै कम देख्दा दुख लागेको उनले बताएका छन् ।

यस्तै, जापानबाट बाग्लुङका कृष्ण प्रसाद खत्रीको परिवारले ५ लाख ५ सय ५ रुपैँया सहयोग गरेका छन् । उनी फाउण्डेशनलाई अहिलेसम्मको उच्च सहयोग गर्ने दोश्रो व्यक्ति भएका छन् ।

करिब ४ करोड अनुमानीत लागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण गर्ने अभियानमा करिब ५० लाख रुपैँया नगद सहयोग संकलन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप