बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

काँग्रेस नेताहरुले बाँडे झोला

मङ्गलबार, ११ जेठ २०७३, १२ : ४९
मङ्गलबार, ११ जेठ २०७३

गुल्मी– नेपाली काग्रेसका केन्द्रिय सदस्य बिश्वप्रकाश शर्मा लगायतका नेताहरुले गुल्मी दजाकोटका अग्नी पिडित विद्यार्थीहरुलाई झोलाहरु वितरण गरेका छन् ।

सो पार्टी निकट जनसम्र्पक मञ्च लक्जम्वरको सहयोगमा पठाईएको रकमबाट नेता शर्मालो अग्नी पिडित गाउँमै पुगेर त्यहाँका ८५ जना विद्यार्थीहरुलाई एक एक थान झोला हस्तान्तरण गरेका हुन् ।

लक्जम्वरमा हिमाल सापकोटा लगायतका सक्रियतामा सहयोग संकलन भएको र नेपालमा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी ज्ञानहरी सापकोटा, रुपन्देही मणीग्राममा रहेको पशुपति कपी उद्योगका सञ्चालक राजु सापकोटा लगायतले पनि सहयोग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप