मृगौला पिडित उपसानालाई आर्थिक सहयोग
मङ्गलबार, ११ जेठ २०७३, १३ : ०१
ललितपुर–खोटाङ्ग धारापानी स्थायी घर भई पाटन संयुक्त क्याम्पसमास्नातक तेश्रो बर्षमा अध्ययनरत मृगौला पिडित उपासना थापा मगरको उपाचारार्थ आर्थिक संकलन अभियान सुरु भएको छ । यसै क्रममा नेवि संघ केन्द्रिय सदस्य युवराज खड्काकको नेतृत्वमा पिडित मगरलाई एक कार्यक्रमका विचमा नगद रु २०,००० रकम हस्तान्तरण भएको छ । उक्त रकम हाल अमेरिकामा बसोबास गर्ने जिवन डिसीको सहयोगमा प्राप्त भएको खड्काले जानकारी दिए ।
विगत २ बर्ष देखि निरन्तर डायलोसिस गर्दै आएकी मगरको आर्थिक अवस्था ज्यादै न्युन रहेको र आर्थिक अभावकै कारण मृगौला प्रत्यारोपण गर्न नसकेकाले यो अभियान थालिएको अभियानका संयोजक खड्काले बताए । मगरको उपचारमा सहयोग गर्न सबैसंग आग्रह गर्दै संगीन थापा मगरको सम्पर्क नम्बर ९८४००६८६१४ मा सम्पर्क गरेर सहयोग रकम उपलब्ध गराइदिनु हुन समेत खड्काले आग्रह गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण