बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

मङ्गलबार, ११ जेठ २०७३, १७ : ४०
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौं–सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र सर्वोच्च अदालतमा जवाफसहित उपस्थित हुन आदेश दिएको छ । कायममुकायम प्रधानन्यायधिश सुशिला कार्कीको एकल इजलासल मंगलबार सो आदेश दिएको हो ।

उनीविरुद्व अधिवक्ता दिनेश त्रिपाठीले अदालतको मानहानी गरेको दाबीसहित सर्वोच्च अदालतमा गत जेठ तीन गते रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालत ऐनको दफा ७(१) बमोजिम हदैसम्मको सजाय अर्थात एक बर्ष कैद तथा दश हजार जरिबानाको माग गरिएको थियो ।

प्रचण्डले एक कार्यक्रममा ‘शान्ति सम्झौता अनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्दन्द्दकालिन मुद्दाहरुमा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताबिरुद्द नै भयानक षडयन्त्र गरेकको’ आरोप लगाउँदै द्दन्द्दकालिन मुद्दाको फैसला आफुहरुले स्वीकार नगर्ने अभिव्यक्ति दिएका थिए । सोहि अभिव्यक्तिलाई आधार बनाएर त्रिपाठीले अदालतको मानहानी भएको दाबी सहित रिट दायर गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप