कतै तपाईं चढ्ने भारतीय कार क्र्यास टेस्टमा फेल त छैन ?
काठमाडौं – भारतका पाँचवटा कारहरु क्र्यास टेस्टमा फेल भएका छन् । इन्टरनेशनल अटोमोबाइल क्र्यास टेस्टिङ एजेन्सी
क्र्यास टेस्टका क्रममा निम्नकुराहरु ध्यान दिइएको थियो –न्यू कार एसेसमेन्ट प्रोगामको टेस्टिङ नियमावलि अनुसार सबै कारमा एयरब्याग हुनु जरुरी छ । – सबै कारमा एन्टी लक ब्रकिङ सिस्टम सर्टिफिकेट हुनु जरुरी छ । – एजेन्सीले १ देखी ५ सम्म रेटिंग दिएको छ । – ५ स्टार रेटिङको अर्थ कार क्र्यास टेस्टमा सबैभन्दा धेरै सुरक्षित हुनु हो । – एक स्टारको अर्थ कारले न्युनतम आवश्यकता पुरा गरेको छ । – जिरो रेटिङ भन्नाले टेस्टमा फेल भएको भन्ने बुझिन्छ । भारतले आफैँ गर्दैछ अर्को टेस्ट– अन्तर्राष्ट्रिय टेस्टमा असफल भएपछि भारतीय कम्पनीहरुले आफैँ टेस्ट गर्ने बताएका छन् । – यसअघि मारुती सुजुकीको स्विफ्ट हैचब्याक र निसानको डैटसन गो हैचब्याक कार पनि यसरी नै क्र्यास टेस्टमा असफल भएका थिए । – टाटा नानो, हुन्डाई आई १०, मारुटी अल्टो ८००। फोर्ड फिगो र भक्सवागनको पोलो हैचब्याक पनि बेस वेरिएन्टमा एयरब्याग नभएका कारण परिक्षणमा असफल भएका थिए । – एयरब्यागको कमीका कारण यि कारहरु क्र्याश टेस्टमा असफल भएका हुन् ।
६४ किलोमिटर प्रतिघण्टाको स्पिडमा भएको क्र्यास टेस्टका दौरान के भयो यि कारको हालत रेनो इन्डियाले दियो जवाफरेनो इन्डियाले क्र्यास टेस्टको नतिजा आएपछि आफ्ना कार भारतीय भारतीय नियगमन निकायद्धारा तय गरिएको सुरक्षा मापदण्ड अनुरुपको रहेको बताएको छ । भारतमा सुरक्षा सम्बन्धि नियमहरु बिस्तारै अघि बढ्दै गएको यो कम्पनीको दाबी छ ।
एजेन्सीले के भन्योरेटिङ एजेन्सीले रेनोलाई एयरब्यागसहित सुधारिएको भर्सनमा फेरि टेस्टका लागि मौका दिइने बताएको छ । एजेन्सीले रेनो कम्पनीले युरोपमा सुरक्षित कारहरु ल्याएको भन्दै भारतमा पनि त्यस्तै हेर्न चाहेको बताएका छन् ।
मारुती सुजुकी इकोटेस्टका दौरान एयरब्यागसहितको मारुती इकोलाई पनि शुन्य स्टार मिल्यो अर्थात यो पनि फेल भयो । यस कारलाई युवायुवतीको सुरक्षाको मामिलामा शुन्य स्टार मिलेको हो । त्यस्तै बालबालिकाको सुरक्षाका सवालमा यस कारले एक स्टार पाएको छ । टेस्टका दौरान यसको प्यासेन्जर कम्पार्टमेन्ट स्ट्रक्चर पुरै क्षतिग्रस्त भएको थियो । मारुतीको यस मोडलमा एयर ब्यागको अप्सन पनि छैन् ।
मारुती सुजुकी सेलेरियोमारुतीको यो गियरलेस कार पनि धेरै सुरक्षित छैन् । यस कारको बेस मोडलमा पनि एयरब्याग छैन् । वयस्कको सुरक्षाको मामिलामा यो कारलाई पनि जिरो स्टार मिल्यो । बालबालिकाको सुरक्षाको मामिलामा यस कारलाई एक स्टार मिलेको छ । एयरब्याग नभएका कारण यस कारलाई वयस्कका लागि असुरक्षित मानिएको छ ।
हुन्डाई इओनहुन्डाईको इओन कार पनि क्र्याश टेस्टमा फेल भएको छ । यसमा सेफ्टी फिचर्सको कमी छ । यसको शीर्ष भर्सनमा एयरब्याग पनि छैन् । टेस्टमा यसलाई पनि वयस्कको सुरक्षाको सवालमा शुन्य स्टार मिलेको छ । यता, बालबालिकाको सुरक्षाको सवालमा भने यो कारले २ स्टार पाएको छ । यसको डिजाईन पनि खासै राम्रो मानिएको छैन ।
एजेन्सीको सहयोगमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण