बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पूर्व बेलायती सैनिक सुपुत्री बनिन् नेपाली मुलकी दोश्रो बेलायती महिला सोलीसीटर

मङ्गलबार, ११ जेठ २०७३, १५ : ५४
मङ्गलबार, ११ जेठ २०७३

लन्डन –भूपू ब्रिटिश गोर्खाकी सुपुत्री जिनिता पन्धक बेलायतको क्वालिफाइड सोलिसिटर भएकी छिन् । पूर्व गोर्खा सैनिक बाबु मेजर रिटायर्ड भुवानी पन्धक र आमा बिमला पन्धककी सुपुत्री नेपालमा स्थायी घर ताप्लेजुङ्ग भई हाल बेलायतमा परिवार सहित बस्दै आएकी जिनिता २८ अप्रिल २०१६ मा क्वालिफाइड भएकी हुन् ।

उनी सम्भवतः बेलायतमा दोश्रो नेपाली महिला सोलिसिटर हुन् ।  सोलिसिटर  पेशामा नेपाली मुलका  अत्यन्त  कम संख्यामा कार्यरत छन्  ।

सुदिना गुरुङ पहिलो नेपाली महिला सोलिसिटर भएपनि उनी हाल हङकङमा कार्यरत छिन् । तसर्थ, बेलायतमा रहेर काम गर्ने उनि प्रथम सोलिसिटर बनेकी छिन ।

 सन् २००० बाट   बेलायतमा रहदै आएकी जिनिता बीपीपी ल स्कुल, लन्डनबाट लिगल प्राक्टिस कोर्स गरेकी छिन । सन् २०१२ देखि उक्त कम्पनि वीक्सटेड एण्ड कम्पनी सोलिसिटरमा कार्यरत छन् ।

 सोलिसिटर जिनिताको कार्यक्षेत्र कन्सट्रक्शन, इन्जिनियरिङ वर्कर्स र कम्पनीहरु सम्वन्धित छ । उनको सोलिसिटर्स रेगुलेसन अथोरिटी (एसआरए) नम्बर ५८४३३८ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप