बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

विकास समितिको टोलीलाई कालो झन्डा देखाउने सात पक्राउ

मङ्गलबार, ११ जेठ २०७३, १७ : ०२
मङ्गलबार, ११ जेठ २०७३

रौतहट - हुलाकी राजमार्गको अनुगमनमा आएको व्यवस्थापिका–संसद्, विकास समितिको टोलीलाई कालो झन्डा देखाई कार्यक्रम अवरोध गरेको आरोपमा प्रहरीले आज सात जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेख जम्सेद, सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, फोरम विद्यार्थी फ्रन्टका प्रकाश भाइ, तमलोपाका नेता अनिल सिंह, फोरमका शोभा साह, लड्डभाइ पटेल र अजय गुप्ता छन् ।

विकास समितिका सभापति रवीन्द्र अधिकारीको संयोजकत्वमा सांसद रामकुमार भट्टराई, रामअयोध्याप्रसाद यादव, रामचन्द्र पोखरेल, रञ्जना सरकार, राजेश्वरीदेवी सिंह र अजयशङ्कर नायकको टोली हुलाकी राजमार्गको अवस्था र अनुगमन गरी जिविसको सभाकक्षमा आयोजित कार्यक्रममा सहभागी भइरहेका बखत मधेसकेन्द्रित दलका नेताहरुले कालो झन्डा देखाउनाका साथै कार्यक्रम अवरोध गर्न खोजेका थिए ।

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले मुलुकको राजनीति विकासकेन्द्रित हुनु आवश्यक रहेको बताउँदै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी हुलाकी राजमार्गको काम सुरु हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप