बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

थारुहट/थारुवान संयूक्त संघर्ष समितिद्वारा १५ दिने आन्दोलन घोषणा

मङ्गलबार, ११ जेठ २०७३, १७ : ०४
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौ– थारुहट/थारुवान संयूक्त संघर्ष समितिले आगामि जेठ १६ देखि ३० गतेसम्मको १५ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । समितिले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमहरुमा जेठ १६ गते उपत्यका र थारुहट जिल्लामा सर्वपक्षीय बैठक गरी जिल्ला स्तरीय आन्दोलनसमितिलाई शसक्त बनाउने, जेठ १६ गते बुद्धिजीवि, नागरिक समाज, पत्रकार, समाजसेवी लगायत सरोकारवालाहरुसँग छलफल गर्ने, जेठ २० देखि ३० गतेसम्म दश दिन जनजागरण, जनचेतना र जनपरिचालन लगायतका प्रचारात्मक कार्यक्रम गर्ने रहेको छ । त्यसैगरी जेठ २३ गते काठमाडौ उपत्यकासहित थरुहट जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जेठ २६ गते समितिको माग मुद्दाको आवश्यकता र औचित्यको विषयमा स्वदेशी विदेशी बुद्धिजीवित, पत्रकार नागरिक समाजसँग अन्र्तक्रिया गर्ने, जेठ २७ गते काठमाडौसहित थरुहट जिल्लामा विरोधसभा गर्ने, जेठ २९ गते टिकापुर घटनाको सत्यतथ्य सार्वजनिक गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारबादीहरुसँग छलफल गर्ने र जेठ ३० गते उपत्यकासहित थरुहट जिल्लामा आदीबासी थारु, थरुहट विरोधी संविधानका विभेदकारी धाराहरुको प्रतिलिपि जलाउने रहेका छन । पत्रकार सम्मेलनमा समितिले जेठ ९ र १० गते काठमाडौमा भएको राष्ट्रिय भेलाले जारी गरेको १५ बुँदे काठमाडौ घोषणा समेत सार्वजनिक गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप