बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सिकायत गर्ने अड्डाको पूर्वाधार नै अपाङ्ग मैत्री छैन

मङ्गलबार, ११ जेठ २०७३, १७ : ०९
मङ्गलबार, ११ जेठ २०७३

पोखरा –महिला तथा वालवालिका कार्यालय कास्कीले सवै क्षेत्रमा अपाङ्ता मैत्री भवनको वकालत गर्दै आएको छ । तर त्यही अपाङ्ग मैत्री कार्यालय हुनु पर्छ भन्दै वकालत गर्ने अड्डा नै अपाङ्ग मैत्री छैन भन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ । अव यो कुरामा कोही कसैले आश्चर्य मान्नु पर्दैन महिला तथा वालवालिका कार्यालय कास्कीमा पुगेर त्यहाँको अवस्था नियाल्ने हो भने यो आश्चर्य पुष्टी समेत हुनेछ । कास्कीका अपाङ्गहरुको तथ्याङक संकलनको लागि कार्यालयमा आएको वताउने पोखराको पिएन क्याम्पस स्नातक तह दोश्रो वर्षमा अध्ययनरत गीता तिवारी कार्यालयको वराण्डामा ल्यापटप चलाउँदै त्यहाँका कर्मचारी सँग ह्वील चियरमै वसेर कुरा गर्दै गर्दा भेटिईन् । उनी अपाङ्ग भएकी हुनाले आपाङता भएका व्यक्तिहरुको नै विवरण संकलन गर्न त्यहाँ आएको वताईन् । उनले भर्खरै निर्माण भएको कार्यालय पनि अपाङ अपाङ्ग मैत्री नहदा दुख लागेको वताईन् । सो कार्यालयमा वेला वखत पुग्ने उनी कार्यालयमा अपाङ्ग मैत्री शौचालय समेत नहुँदा कोलेनिकाको भवन तिर गएर शौच गर्न वाध्य भएको वताईन् । गीता मात्र होईन सो कार्यालयमा दैनिक ५ देखि ७ जना सेवाग्राही अपाङ्ता भएका व्यक्ति त्यहाँ पुग्छन् । ती सवै सेवाग्राहीले पनि अपाङ्ग मैत्री कार्यालय नहुँदा उनै गीता तिवारीले जस्तै दुःख पाउने गरेका छन् । राज्यले अपाङ्गता भएका व्यक्तिलाई जति नै लालसा देखाएपनि व्यवहारमा त्यस्तो नभएको अपाङ्ग अधिकारकर्मीहरुको भनाई छ । वाहिरका त कुरा छोडौ कार्यालयकै सह लेखापाल शोभाखर ढकाल नै अपाङ्ता भएका व्यक्ति हुन् । उनी आफ्नो कोठावाट स्कूटरमा कार्यालयमा गएपनि कार्यालयको गेठमा स्कूटर रोकेपछि सँधै भक्कानिन्छन् । जव उनी स्कूटरवाट झर्छन् तव उन लठ्ठीको सहारामा कार्यालयको भर्याङ उक्लिन वाध्य हुन्छन् । किनकी कार्यालयमा लेखापालको कक्ष उपल्लो तल्लामा छ । कार्यालयका प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसीको कार्यकक्षमाथि नै भएकोले सहलेखापालको कार्यालय पनि माथि नै राखिएको हो । २०६५ सालमा वनेको नयाँ भवन समेत अपाङ् मैत्री नहुँदा ढकालले जस्तो सास्ती व्यहोर्न अरु कर्मचारीलाई परेको छैन । तै पनि कार्यालय प्रमुख जिसी काम परेको वेला आफै सहलेखापाल ढकालको कार्यकक्षमा पुग्ने गरेको ढकालले वताए । हाकिमको र मेरो कोठा नजिकै छ । म काम पर्दा उहाँकोमा जान अप्ठेरो भए उहाँ नै आउने गर्नु हुन्छ उनले भने । सो कार्यालयमा सह लेखापाल ढकालको लागि अपाङ्ग मैत्री शौचालय छैन । आफ्नो खुट्टामा समस्या भएको वताउने ढकालले भने –“यसै त मेरो शारिरीक अवस्था यस्तो त्यसैमा कार्यालयको सिंढी चढेर आउ र जाउ कति अप्ठेरो होला तपाई आफै कल्पना गर्नुस् ।” मैले त दुःख पाएकै छु तर वाहिरवाट आउने आपाङ्ता भएका साथीहरुको दुःख कसले वुझिदिने– उनले भने ।

कार्यालयका सामाजिक विकास अधिकृत शरद गुरुङले कार्यालय अपाङ्ग मैत्र नहुँदा सेवाग्राहीलाई समस्या भएको वताईन् । संम्वन्धित निकायले वेवास्ता गर्दा यस्तो अवस्था आएको उनले वताईन् । कार्यालयका प्रमुख महिला विकास अधिकृत लक्ष्मी जिसीले कार्यालय नै अपाङ्ग मैत्री नहुँदा आफूलाई लाज लागेको वताउँछिन् । वाहिर अरुलाई अपाङ्ग मैत्री कार्यालय हुनु पर्छ भन्दै हिड्छौ तर के गर्ने आफ्नै भवन अपाङ्ग मैत्री छैन कसलाई के भन्ने उनले भनिन् । उनले कार्यालयको अवस्था वारे मन्त्रालयमा तीनवटा स्टीमेट गरेर पठाएपनि मन्त्रालयले त्यसको वारेमा ध्यानै नदिएको गुनासो गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप