बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मोडल हन्ट नेपालको दोस्रो सिजन शुरु

मङ्गलबार, ११ जेठ २०७३, १७ : ५०
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौं - मोडलिङ पेसालाई व्यावसायिक एवं मर्यादित बनाउँदै नयाँ पुस्तालाई मोडलिङ सम्बन्धी आधुनिक ज्ञान दिदै फेसन तथा मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्य रहेको सौदर्य प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को दोस्रो सिजन सुरु भएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोजक नेक्स्ट मोडल्सले ‘मेडल हन्ट नेपाल २०१६’को आवेदन खुल्ला भएको जानकारी दिएको छ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित यो सौन्दर्य प्रतियोगिता गतबर्षबाट नेपालमा सुरु भएको हो । प्रतियोगीताको पहिलो अडिसन यही २९ जेठबाट राजधानी देखि सुरु हुदैछ । राजधानीबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान ,बिर्तामोड हुँदै पुन राजधानीमा आएर सकिनेछ । युवायुवतीको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रियस्तरको मोडल बन्न कार्यक्रमले सहयोग पु¥याउनेले धमलाको दाबी थियो ।

१६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवा–युवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । पहिलो चरणको अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागि एकमहिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प , व्यक्तित्व विकास, संचार कला, फोटोसेसन, स्टेज पर्पmमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा दक्ष व्यक्तित्वहरूद्धारा प्रशिक्षण दिइने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् । प्रतियोगीतामा छानिएका प्रतियोगीले चिर्चित जर्मल फेसन डिजाइनर स्टेल म्यारिस हाफेलेले तयार पारेका फेसनका डिजाइन र्याम्पमा शो गर्नेछन् । प्रतियोगिताको आवेदन फर्म मंगलबारबाटै वितरण सुरु गरिएको छ । सहभागी हुन चाहनेले फर्म तथा अन्य जानकारी नेक्स्ट मोडल्स नेपालको केन्द्रीय कार्यालय अनामनगरबाट पाउन सक्नेछन् । प्रतियोगितामा शीर्षसहित आधादर्जन उप–विधामा पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप