बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

तीन वर्षभित्र नेपालमै पेट्रोलियम उत्खनन सुरु हुन्छ : उद्योगमन्त्री पाण्डे

मङ्गलबार, ११ जेठ २०७३, १७ : ५४
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौ - उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आगामि २०७४ साल माघ ६ गतेसम्म केपी शर्मा ओली नेतृत्वको सरकार नै रहने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ यो सरकार संविधानको धारा २९८ अनुसार बनेको हो । त्यसअनुसार दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउने बाटो पनि छैन । अर्को सरकार गठन गर्ने बिधी नै छैन । त्यसैले अहिले यो सरकार ढल्दैन, २०७४ साल माघ ७ गतेसम्म रहन्छ ।’ यद्यपि उनले अहिलेको गठबन्धनबाट कुनै दल बाहिरिए भने अलग कुरा भएको तर्क गरे ।

साक्षात्कारमा मन्त्री पाण्डेले नेपाली कांग्रेस आए यही सरकार सहमतिको सरकारमा रुपान्तरण हुने बताउँदै नआए यही सरकार रहने दावी गरे । उनले संविधान जारी भएपछि अब मुलुक आर्थिक समृद्धिको दिशमा केन्द्रीत भएको भन्दै आगामि तीन वर्षभित्रमा पेट्रोलियम पदार्थसहित नेपालमा रहेका सबै खानीको अध्ययन गरेर उत्खनन गर्ने काम सुरु गर्ने जानकारी दिए ।

मन्त्री पाण्डेले चीनबाट आएको टोलीले ब्लक नम्बर ३ को दैलेख र दश नम्बरको मोरङमा पेट्रोलियम खानीको अध्ययन गरि प्रारम्भिक नजिताबाट उत्साहित भएको भन्दै अब एक महिनाभित्र पूर्ण प्रतिवेदन बनाएपछि ड्रिल गर्ने काम सुरु गर्ने जानकारी दिए । उनले भने,‘ ब्लब नम्बर ३ र १० मा उत्खनन गर्न आवश्यक ईन्धन भएको उनीहरुको प्रारम्भिक अनुमान छ । एक महिनामा पूर्ण प्रतिवेदन आएपछि ड्रिल गर्ने काम गर्छन ।’

दैलेख र मुस्ताङ्गमा पेट्रोलियम ग्यास पाईएकोले त्यसलाई पनि उत्खननको काम सुरु हुने बताउँदै मन्त्री पाण्डेले जाईकाको प्रतिवेदन अनुसार काठमाडौमा रहेको मिथेन ग्यासको उत्खननको काम सुरु भईसकेको बताए । उनले ईमाडोल र टेकु पचलीमा तत्खनन सुरु भएको र हात्तिबन र तिनकुनेको कुवामा उत्खननको काम केही दिनमा अघि बढ्ने बताए ।

मन्त्री पाण्डेले नवलपरासीको धौबाजीमा १० किलोमिटर क्षेत्रमा फलाम खानी पाईएको र रामेछापको ठेसो र फुल्चोकी डाडाँमा पनि फलाम खानी पाएकोले त्यसको अनुसन्धान र उत्खनाको कार्यक्रम अघि बढाउने जानकारी दिदै युरेनियमको खोजीको काम समेत अघि बढाईसकिएको बताए ।

उनले खनिज पर्दाथ र जटिबुटी अप्रोसिध रुपमा निकासी गर्दा कम विदेशी मुद्र आउने भएकोले तत्काललाई नेपालबाट खनिज पदार्थ निकासीमा रोक लगाएको स्पष्ट पार्दै कम्तिमा एक पटक प्रसोधन गरेर मात्रै पठाउने नीति लिएको जानकारी दिए ।

मन्त्री पाण्डले त्यसकोलागि सुर्खेतमा जटिबुटी प्रसोधन केन्द्र स्थापना गर्ने तयारीमा सरकार रहेको भन्दै आगामि बजेटले कृषिसहित प्राकृतिक स्रोत साधनको उपयोगमा ठूलो बजेट विनियोजन गर्ने बताए ।

उनले अहिले निर्माण भईरहेका आयोजनाहरुबाट दुई वर्षभित्रमा १ हजार मेघावाट विद्युत उत्पादन भएर लोडसेडिङको अन्त्य हुने दावी गर्दै नेपालमा रेलमार्ग विस्तारको विषयमा बजेटलेउपयूक्त ब्यवस्था गर्ने जानकारी दिए ।

मन्त्री पाण्डले नेपालमा ४५ वर्ष अघि नै पानी जहाज ऐन बनेको उल्लेख गर्द आवश्यक परे नेपालले जहाज खरिद गरेर समुन्द्रमा कुदाउने बताए । उनले भने,‘ भुपरिबेष्ठित मुलुक मंगोलियाको २ सय भन्दा बढी पानी जहाज कुद्छन भने हामीले पनि आवश्यकता पर्दा कुदाउन सक्छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप