‘शाकाहारीहरु कमजोर हुँदैनन’ प्रमाणित गर्न सगरमाथा आरोहण गर्न आएकी अस्ट्रेलियन प्राध्यापकको निधन
काठमाडौं – ३४ वर्षकी एक अस्टे«लियन महिलाले सगरमाथाको सफल आरोहरण गरेर शाकाहारी कमजोर हुदैँनन् भन्ने उदाहरण पेश गर्न चाहेकी थिइन् । तर दुग्भार्य उनले आरोहणका क्रममा ज्यान गुमाएकी छिन् । विश्वविद्यालयकी प्राध्यापक मारिया स्टार्यडमले अक्सिजनको कमीका कारण शनिबार दिउँसो ज्यान गुमाएकी हुन् । उनी आफ्ना श्रीमान् रोर्बट ग्रोपेलसँगै आरोहणमा निस्किएकी थिइन् ।
डाक्टर स्टार्यडमले यसअघि विश्वविद्यालयको ब्लगमा लेख लेख्दै भनेकी थिइन्–‘मानिसहरु शाकाहारीहरुले पोष्टिक तत्व नपाएका कारण कमजोर हुन्छन् भन्ने अनुमान गर्छन् । त्यसलाई गलत सिद्ध गर्न म सगरमाथा चढ्न चाहन्छु ।’ संसारका सातवटा हिमाल चढेर हामी यो प्रमाणित गर्न चाहन्छौ कि शाकाहरी हुदैँमा कोही कमजोर हुदैँन ।
डाक्टर स्टार्यडमले यसअघि मोनास विश्वविद्यालयमा पढाउँथिन् । उनी सगरमाथाको शिखर चढ्ने आफ्नो महत्वाकांक्षा त्याग्दै श्रीमान् ग्रोपेलको सहयोगमा तल ओर्लिएकी थिइन् । एक राता टेन्टमा बिताएपछि क्याम्प थ्रीमा हेलिकोप्टरबाट उनको उद्धारको प्रयास भयो । यस आरोहण दलका नेता ग्रोपेलले श्रीमतीको शरिरलाई हिमालबाट तल ल्याउन गरेको प्रयास असफल भएको बताए । उनी आफैले हाइअल्टिटयूटको सामना गर्नुपरेको थियो । उनी भने सोमबार हेलिकोप्टरबाट काठमाडौँ फर्किए ।
पछिल्ला दुई वर्ष सगरमाथा आरोहणका लागि खुला थिएन । त्यसैले यि दुई वर्षमा ग्रोपेल र स्टार्यडमको जोडीले अलास्काको डेनाली, टर्कीको माउन्ट अरारट र तान्जानियाको किलिमान्जारो हिमाल चढे । मेलवर्नमा रहेकी उनकी बहिनीले दिदीको निधनपछि परिवार शोकमा डुबेको बताएकी छिन् । ‘उनी सधैँ परिवार र साथिभाईका लागि सहयोग गर्न अघि सर्थिन् ।’– बहिनीले भनेकी छिन् । पछिल्लो हप्तामात्रै सगरमाथा चढ्ने प्रयासमा रहेकामध्ये ४ जनाले ज्यान गुमाइसकेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण