बाबुरामलाई केन्द्रीय सदस्यहरुको प्रश्न, ‘अब कुन बाटोबाट कसरी हिँड्ने ?’
जेठ ११, काठमाडौं– मंगलबारबाट राजधानीमा शुरु भएको नयाँ शक्ति नेपालको केन्द्रिय समिति बैठकमा ‘कुन बाटोबाट कसरी हिँड्ने ?’ भन्दै केन्द्रिय सदस्यहरुले संयोजक डा. बाबुराम भट्टराईलाई प्रश्न गर्दै यसबारे प्रतिवेदनमा थप ब्याख्या गर्न आग्रह गरेका छन् । भट्टराईको प्रतिवेदनमाथि टिप्पणी गर्दै केन्द्रिय सदस्यहरुको ‘अबको बाटो र हिँड्ने तरिका बारे ठोस गरेर मात्र अघि बढ्नुपर्ने’ भन्दै प्रतिवेदनमा यसबारेको थप ब्याख्या आउनुपर्ने माग गरेका हुन् ।
बैठकको पहिलो दिन नयाँ शक्तिका संयोजक डा. बावुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनको प्रतिवेदनमाथी आजको बैठकमा १४ जना नेताहरुको सामान्य टिप्पणी गरेपनि भट्टराईले सबैलाई लिखित सुझाव दिन आग्रह गरेका छन् । प्रदेशहरु, पेशागत संगठन, अन्तर्राष्ट्रिय विभागका प्रतिनीधिहरुले आजको बैठकमा रिपोर्टिङ गर्दै आर्थिक सम्बृद्धिको बाटो कसरी लिने भन्नेबारे कुरा उठाएको नेता देवेन्द्र पौडेलले जानकारी दिए । प्रवक्ता खिमलाल देवकोटाका अनुसार बैठकमा डा. रामेश्वर खनालले आर्थिक संवृद्धिको खाका पेश गरेका थिए भने विधान तथा सांगठनिक प्रतिवेदन देवेन्द्र पौडेलले प्रस्तुत गरेका थिए । आजको बैठकमा आफ्नो धारणा राख्दै मदन राई, डा. प्रविण मिश्र, शुरेन्द्र चौधरी लगायतले आर्थिक संवृद्धि कसरी हाँसिल गर्ने भन्नेबारे जनताले बुझ्नेगरी सरल र ठोस निती बनाउनुपर्नेमा जोड दिँदै संगठनात्मक प्रणाली नयाँ खालको हुनुपर्नेमा जोड दिए । बैठकमा सहभागी अर्का एक नेताका अनुसार आजको बैठकमा बोल्ने अधिकांशले सवै कमिटी निर्वाचित हुनुपर्ने कुरा केन्द्रीय सदस्यहरुले जोडदार रुपमा उठाएका छन् । अर्को बैठक बुधबार १२ बजे बस्नेगरी स्थगीत गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण