बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रामचन्द्र पौडेलले भने, ‘हामी राष्ट्रिय डाँका होइनौं’

मङ्गलबार, ११ जेठ २०७३, १८ : ४७
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौं – नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले राजनीति गर्ने नेताहरुलाई समाजमा राष्ट्रिय डाँका रुपमा व्याख्या गर्न थालिएको प्रति आक्रोस व्यक्त गर्दै प्रतिवाद गरेका छन् ।

पौडेलले राजनीतिमा लाग्ने राजनीतिज्ञहरुले आफूहरु राष्ट्रिय डाँका नभई जनताको सेवक रहेको प्रमाणित गर्न देशभर अभियान चलाउनु पर्ने आवश्यकता औल्याएका हुन् ।

नेपालमा लोकतन्त्र स्थापना गर्न लामो समय संर्घष गरेको प्रजातान्त्रिक पार्टी अल्पमतमा गर्न थालेको अवस्थाप्रति दुःखमनाउ गर्दै पौडेलले भने, ‘हामी प्रजातन्त्र स्थापनाका लागि लामो समय जेल नेल भोग्यौ तर आज यो देशमा ६२ प्रतिशत वामपन्थी छन् । दुः ख गर्ने हामी तर शासन बामपन्थीहरुले गर्ने परिस्थिती श्रृजना भएको छ ।’

राष्ट्रिय समता दिवसको अवसरमा मंगलबार सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको ‘राजनीतिलाई कसरी सम्मानित बनाउन सकिन्छ’ विषयक गोष्ठीमा पौडेललगायत नेपाली काँग्रेसका कोषाध्यक्ष सितादेवि यादव, केन्द्रय सदस्यहरु डा.रामशरण महत, प्रकाशमान सिंह, प्रदीप गिरीलगायत नेताहरुले विचार राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप