आइपील : पहिलो क्वालिफायरमा गुजरात र बैंग्लोर भिड्दै
आईपीएल सिजन ९ अन्तर्गत दोस्रो क्वालिफायर राउन्ड आजबाट सूरु हुदैँछ । यस राउन्डको पहिलो खेलमा गुजरात लायन्स र रोयल च्यालेन्जर्स बैङलोर भिड्दैछन् । राती ८ बजेर १९ मिनेट जादाँ बैङलोरको केएम चिन्नास्वामी रंगशालामा यो खेल सूरु हुनेछ ।
इतिहास रच्दैछन् कोहलीले – विराट कोहलीले यस सिजन १४ खेलबाट ९ सय १९ रन बनाएका छन् । – अब ८१ रन बनाउन सके उनी आईपिएलमा एकै सिजन १ हजार रन बनाउने पहिलो ब्याटस्म्यान बन्नेछन् । – विराटभन्दा अघि एकै सिजन आईपिएलमा सर्वाधिक रन बनाउने नाम क्रिस गेलको नाममा थियो । तर विराटले गेलको किर्तिमान तोडिसकेका छन् । – सन् २०१३ मा विराटले १ शतक र ७ अर्धशतक प्रहार गर्दै ७ सय ३३ रन बनाएका थिए । लिगमा दुई टोलीको प्रर्दशन – लिग चरणमा गुजरात लायन्सले १४ खेलमध्ये ९ खेल जित्दै १८ अंकका साथ शीर्ष स्थानमा कब्जा जमायो । – रोयल च्यालेन्जर्स बैङलोरले १४ मध्ये ८ खेल जित्दै १६ अंक बटुलेर दोस्रो स्थान हासिल गर्यो । – सनराईजर्स हैदरावाद र कोलकाताको पनि १६ अंक छ । तर यि टोलीहरुभन्दा बैङलोर रन रेटमा अघि छ । – रोयल च्यालेन्जर्स बैङलोर चौथो पटक क्वालिफायर राउन्डमा पुगेको हो । यता, नयाँ टोली गुजराता लायन्स पहिलो पटक क्वालिफायर राउन्ड खेल्दैछ । गुजरातको चुनौती – गुजरातका लागि विराट कोहलीलाई रोक्नु सबैभन्दा ठूलो चुनौती हुनेछ । उनी राम्रो फर्ममा छन् । कोहलीले ४ शतक र ६ अर्धशतक प्रहार गरिसकेका छन् । यसबाहेक क्रिस गेल र एबी डिविलियर्स पनि गुजरातका लागि खतरनाक साबित हुनसक्छन् । – यस प्रतियोगितामा सर्वाधिक १९ विकेट लिएका युजवेन्द्र चहलले पनि गुजरातलाई समस्यामा पार्न सक्छन् । बैङलोरको चुनौती – सुरेश रैना राम्रो फर्ममा छन् । उनले १३ खेलमा ३ सय ९७ रन बनाएका थिए । यसबाहेक ब्रान्डन म्याककूलम ३ सय २१ रन र ड्वायन स्मिथले २ सय ५० रन बनाएका छन् । स्मिथले ७ विकेट समेत लिएका छन् । ड्वायन ब्राभोले १३ खेलमा १५ विकेट लिइसकेका छन् । ब्राभो गेलका लागि सबैभन्दा ठूलो खतरा हुनसक्छन् । क्वालियफायर राउन्डको नियम – यस चरणमा दुई क्वालिफायर र एक एलिमिनेटर म्याच हुन्छ । – क्वालिफायर १ भिडन्तमा अंकतालिकाको पहिलो र दोस्रो स्थानमा रहने टिमबीच प्रतिस्पर्धा हुन्छ । – जित्ने टिम सोझै फाइनलमा पुग्छ भने हार्ने टिमलाई अर्को एक मौका स्वरुप क्वालिफायर २ खेल्ने अवसर प्राप्त हुन्छ । – क्वालिफायर १ पछि अर्को एलिमिनेटर म्याच अंकतालिकाको तेस्रो र चौथो स्थानको टिमबीच हुन्छ । – यस खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिन्छ भने जित्ने टोलीले क्वालिफायर २ मा क्वालिफायर १ को पराजित हुने टोलीसँग भिडन्त गर्नेछ । – क्वालिफायर २ जित्ने टोली फाइनलमा पुग्नेछ । – यस नियमअनुसार आज हुने क्वालिफायर १ म्याचमा गुजरात र बैङलोरमध्ये विजयी हुने टोली स्वत फाइनल पुग्नेछ भने पराजित हुनेले पनि फाइनल पुग्नका लागि अर्को मौका पाउनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण