सुर्तिजन्य पदार्थको सेवनवाट वर्षमा २५ हजार नेपालीको ज्यान जान्छ ।
काठमाडौं - सुर्तिजन्य पदार्थको सेवनबाट बर्षमा नेपालमा मात्रै २५ हजारको ज्यान जाने गरेको एक कार्यक्रमका बक्ताले बताएका छन् । मंगलवार काठमाडौंमा एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले यसरी हुने मृत्युलाइ रोक्नको लागि आमस्तरमा जनचेतना बढाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले सुर्तिजन्य पदार्थको प्रयोग गर्नेलाइ निरुत्साहित पार्न प्रहरी प्रशासनको मात्र मुख ताकेर नवस्न सबैलाइ आग्रह गरे । सबैको सहकार्यमा मात्र सुर्तिजन्य पदार्थ प्रयोगमा कमी ल्याउन सकिने भन्दै उनले अगाडि भने यसलाइ पूरै निर्मूल पार्न मुश्किल छ तर नियन्त्रण भने सम्भव छ ।
गरिव र अशिक्षितले भन्दा धनी र पढेलेखेकाले बढी चुरोट खाने गरेको उनको टिप्पणी थियो । हरेक दिन काठमाडौं जिल्लामा ८ देखी ९ जना क्यान्सर पीडित उपचार रकम सहयोगको सिफारिश लिन आफूकहाँ आउने गरेको अधिकारीले बताए । यसैगरी देशैभर हरेक दिन क्यान्सर पीडित वढेको उनको जिकीर थियो ।
अर्का बक्ता प्रहरी अतिरिक्त महानिरिक्षक प्रतापसिंह थापाले सुर्तिजन्य पदार्थ प्रयोग गर्नु आफ्नै जीवन र पैशाको वर्वादी गर्नु हो भनेर आम मानिसलाइ बुझाउन नसक्नु राज्यको कमजोरी भएको तर्क गरे । कानुनले वर्जित गरेको काम गर्नु अपराध हो भनेर आम मानिससम्म पुर्याउन नसक्दा सार्वजनिक स्थानमा सगर्व चुरोट पिउनेहरु बढेको उनले सुनाए । चुरोट, गुट्खा, पान, पुकार, खैनी लगायतका सुर्तिजन्य पदार्थ प्रयोग गर्दा स्वयं प्रयोग गर्ने मान्छेलाइ त घाटा छ नै त्यसको नजिकमा बस्नेलाइ समेत स्वाश्थ्यमा प्रतिकुल असर पर्छ भन्ने कुरा प्रचार प्रसार गर्ने हो भने अम्मलीहरु प्नि एकपटक सोच्न बाध्य हुने थापाले बताए ।
त्यसै गरी काठमाडौं प्रहरी प्रमुख बिक्रमसिंह थापाले सुर्तिजन्य पदार्थको प्रयोगले नेपालमा बर्षेनी २५ हजार व्यक्ति मरिरहेको स्मरण गराँउदै सुर्य टोवाकोबाट कति राजश्व आउँछ भनेर सरकारलाइ प्रश्न गरेका छन् । नेपाल सरकारको नियम बिपरित गएको हुनाले सुर्य टोवाकोमा छापा मार्दा आफूहरुले अदालतमा मुद्धा खेप्नुपरेको बताउँदै थापाले भने के सुर्य टोवाकोवाट आउने राजश्वले क्यान्सरपीडितको लागि उपलब्ध गराउँदै आएको उपचार रकम पुर्याउन सकेको छ ?
कापीकलम समाउने कलिला हातले चुरोटका खिल्ली समाउँदा युवाको भबिष्य खतरामा परेको बताउँदै नेपालमा भएका कानुन राम्रोसँग लागु गर्न सकेमात्र पनि सुर्तिजन्य पर्दाथको प्रयोग कम भएर जाने विश्वास थापाले व्यक्त गरे । सार्वजनिक स्थानमा चुरोट खानेलाइ प्रतिव्यक्ति १ सय रुपैंयाको दरले ७ हजार व्यक्तिलाइ जरिवाना गराउँदा अहिलेसम्म ७ लाख रुपैंया जम्मा हुन आएको उनले सुनाए । उनीहरुलाइ चुरोट सेवन गर्नु आफ्नो स्वास्थ्य आफै जोखिममा पार्नु हो भनेर सम्झाउने गरेको उनले बताए । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले क्याम्पस पढ्ने ६० जना बिद्यार्थी मध्ये ५९ जनाले कुनै न कुनै प्रकारको सुुुर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेको बताए । त्यसैगरी ८० प्रतिशत क्यान्सर रोगको कारण सुर्तिजन्य पदार्थ रहेको उनको टिप्पणी थियो ।
त्यसैगरी ‘दि युनियन’ नामको एक अन्तराष्ट्रिय संस्थाका क्षेत्रिय सल्लाहकार तारा सिंह बमले सुर्तिजन्य पदार्थको बाहिरी खोलमा भयावह खालका चित्रहरु प्रयोग गर्दा पहिलेको तुलनामा अहिले प्रयोगकर्ता घट्दै गएकोे बताए । दिनमा ११ खिल्ली चुरोट खानेहरु अहिले ५ खिल्लीसम्म पुगेको तथ्यांक आफूसँग रहेको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण