वार्ताको नाममा गठबन्धन तोड्ने प्रयास : उपेन्द्र यादव
मङ्गलबार, ११ जेठ २०७३, २० : १४
कपिलवस्तु - वर्तमान सरकारले वार्ताको नाममा आन्दोलनरत सङ्घीय मधेसी गठबन्धनलाई तोड्ने षड्यन्त्र गरिरहेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् ।
फोरम नेपाल कपिलवस्तु जिल्ला समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेता यादवले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुलाई वार्ताका लागि कुनै औपचारिक जानकारी नआएको बताए । पत्रपत्रिकामा छापिएको कुराले हामी सरकारसँग वार्तामा जाने होइन, नेता यादवले भने, “वार्ताका लागि त औपचारिक पत्र आउनु प¥यो नि १ प्रधानमन्त्रीको दोहोरो कुरा आएको छ, कसैलाई वार्ता भन्ने । कसैलाई सर्वदलीय बैठक भन्ने । यो के हो रु हामीले बुझ्न सकेका छैनौैँ ।”
सोही अवसरमा फोरम नेपालमा सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष रामवरण यादव, नेपाल सद्भावना पार्टीका पूर्व सहमहामन्त्री बृजगोपाल गुप्तालगायतका करिब २०० कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण