पुनःनिर्माणमा अन्तर्राष्ट्रिय समुदायको थप सहयोग माग
काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट प्रभावित क्षेत्रको विकासका लागि आर्थिक र प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आह्वान गरेका छन् ।
टर्कीको इस्तानबुलमा आयोजित विश्व मानवीय सम्मेलनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रमा नेपालले दु्रत गतिमा काम अघि बढाएको र त्यसमा अन्तर्राष्ट्रिय समुदायको थप सहयोग आवश्यक रहेको बताउनुभएको प्राधिकरणमा प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।
“भूकम्प प्रभावित क्षेत्रमा बैकिङ सुविधा छिटो पु¥याउन सञ्चार सम्बन्ध विस्तार गर्ने क्रममा छौँ । यसले गर्दा जनताले छिटो सुविधा पाउनेछन्”, उनले भने । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासहितको टोलीमा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली शनिबार टर्की गएका थिए । सम्मेलनका अवसरमा नेपाली टोलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी पाँचवर्षे कार्ययोजना संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनलाई हस्तान्तरण गरेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण