बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भत्काउने भयो एमालेले पुरानो पार्टी कार्यालय

मङ्गलबार, ११ जेठ २०७३, २१ : ३१
मङ्गलबार, ११ जेठ २०७३

काठमाडौँ - नेकपा (एमाले)ले बल्खुस्थित पुरानो पार्टी केन्द्रीय कार्यालयको भवन भत्काउने भएको छ ।

भूकम्पपछि क्षति भएको बल्खुस्थित पुरानो पार्टीको भवन भत्काउने सचिव एव केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज पार्टी सचिवालय सचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा बसेको केन्द्रीय कार्यालय व्यवस्थापन गर्न गठित कार्यदलको बैठकले भूकम्पबाट क्षति भएको बल्खुस्थित पुरानो पार्टी कार्यालयको भवन भत्काउने निर्णय गरेको हो ।

बैठकले भवन भत्काउनका लागि बोलपत्र आह्वानसमेत गरेको छ । विज्ञप्तिमा भवनमा भएको सामग्री लैजानसमेत इच्छुक कम्पनी, संस्था र व्यक्तिलाई सार्वजनिक आह्वानसमेत गरिएको छ । यही १६ गते आइतबार साँझ ५ बजेसम्म बोलकबोलसहित आशयपत्र हालको केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बुझाउन पनि आह्वान गरिएको छ ।

कार्यदलमा सचिव भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र लेखा प्रमुख खेमराज पौडेल सदस्य रहनुभएको छ । बैठकले २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण एमालेको बल्खुस्थित केन्द्रीय कार्यालय क्षति पुगेको थियो ।

भूकम्पले क्षति पु¥याएपछि एमाले मुख्यालय अहिले धुम्बाराहीमा सरेको छ । अहिले पुरानो कार्यालयको परिसरमा सम्पर्क समन्वय कमिटी, पार्टीको मुखपत्र नवयुगको वितरण शाखा र नवयुग छापाखाना मात्र रहेका छन् । साढे चारतले भवन भूकम्पबाट क्षति भएपछि सबै सामान सारिएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप