बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दश हजारजना अट्ने दुई कारागार बन्दै

बुधबार, १२ जेठ २०७३, ०७ : ४९
बुधबार, १२ जेठ २०७३

काठमाडौँ– दश हजार कैदीबन्दी राख्न मिल्नेगरी दुईवटा कारागार बन्ने भएका छन् ।

पछिल्लो समय फैसला कार्यान्वयन केन्द्र प्रयोगमा आएपछि अपराधीको सङ्ख्यामा वृद्धि भएको र कारागारको सङ्ख्या कम भएकाले दुईवटा ठूला क्षमताका कारागार थप्न लागिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक हिमनाथ दवाडीले जानकारी दिए ।

नयाँ बन्न लागेका कारागारमध्ये नुवाकोटमा सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार र बाँकेमा तीन हजार क्षमताको क्षेत्रीय कारागार रहनेछ । यसका लागि नुवाकोटमा ५३५ रोपनी र बाँकेमा १० बिघा जग्गासमेत लिइसकिएको दवाडीले बताए ।

उहाँले गत वर्षको भूकम्पले ३० जिल्लाभन्दा बढी जिल्लाको कारागारमा क्षति पुगेकाले चाँडो कारागार निर्माण गर्न लागेको बताए । उनले भने, “सरकारले कारागार बनाउने निर्णय गरेअनुसार हामीले बोलपत्र आह्वान गरिसकेका छौँ, अब पाँच वर्षभित्र प्रयोगमा आउने गरी काम अगाडि बढाउँछौँ ।”

हाल नेपालमा १० हजार कैदीबन्दी अट्ने कारागार भएपनि १८ हजार कैदीबन्दी राखिएको छ । त्योमध्ये १६ हजार ३५२ पुरुष, एक हजार २८८ महिला, एक हजार ४६ विदेशी, २०० बालकैदी र ९६ आश्रित बालबालिका रहेका छन् ।

ती कैदीबन्दी देशका ७२ जिल्लाका ७४ कारागारमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप