युवा उद्यमीले सडक बत्ती जडान गरे
मोरङ– मोरङको राजघाटस्थित दुर्गापुरी बजारका युवा उद्यमीले सडक बत्ती जडान गरेका छन् । सडक बत्ती जडान अभियान सुरु भएपछि दुर्गापुरी बजार झलमल्ल उज्यालो भएको छ ।
बजारको दुई किलोमिटर क्षेत्रमा सोलार बत्ती राख्ने अभियानमा वैदेशिक रोजगारमा गएका युवाले सहयोग गरेको स्थानीयवासी तेजन खड्काको भनाइ छ ।
बजारको एक किलोमिटर क्षेत्रमा सोलार जडान गर्ने काम सम्पन्न भएको अभियानका अध्यक्ष हेमराज गुरुङले बताउनुभयो । थप एक किलोमिटरमा समेत सोलार बत्ती जडान गर्ने तयारी भइरहेको बताइएको छ ।
राजघाटको दुर्गापुरीबाट वैदेशिक रोजगारीका लागि हङकङ जानुभएका रुक्मान नाल्वाले ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका थिए । बजारमा सडक बत्ती राखेपछि दुव्र्यसनीको गढ भत्किएको राजघाट प्रहरी चौकीले जनाएको छ ।
सो प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमकुमार जिमीका अनुसार राति धेरै समयसम्म विद्युत्भार कटौती हुँदा अपराधी पक्राउ गर्नसमेत समस्या भएको थियो । सोलार जडानपछि राजघाटको सुरक्षामा हुने एउटा चुनौती समाप्त भएको जिमीको भनाइ छ ।
नम्बर बिनाका ई–रिक्सा सञ्चालनमा रोक
यसैबीच, मोरङमा नम्बर बिनाका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीका अनुसार जेठ १३ गतेदेखि अनटेस्ट बिना नम्बरका ई–रिक्सालाई सडकमा गुड्न नदिने निर्णय गरिएको हो ।
प्रहरी निरीक्षक शिवाकोटीले भने, “अनटेस्ट ई–रिक्सा सञ्चालन गर्न दिनु नियम विपरीत हो, त्यसैले रोक लगाएका हौँ ।” ट्राफिक प्रहरीले बिना दर्ताका ई–रिक्सा सञ्चालनमा रोक लगाएपछि सिटी रिक्सा चालकले विरोध गरेका छन् ।
अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक सङ्घका केन्द्रीय उपमहासचिव प्रेम पुरीले सिटी रिक्सालाई दर्ता प्रक्रियामा नलगी सञ्चालनमा रोक लगाउने कुरा गलत भएको टिप्पणी गरे । उनले भने, “सिटी रिक्सा किन्न पाएपछि दर्ता र नम्बर पनि उपलब्ध गराउनु प¥यो नि १”
ई–रिक्सा चालक सङ्घ मोरङका अध्यक्ष गोपाल भुजेलले बिनासर्त नयाँ ई–रिक्साको दर्ता प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण