बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेपालमा राजसंस्थाको आवश्यकता छ : शेरचन

बुधबार, १२ जेठ २०७३, ०७ : ५६
बुधबार, १२ जेठ २०७३

काठमाडौं – राष्ट्र र राष्ट्रियता सुदृढ गर्न नेपालमा राजसंस्थाको आवश्यकता रहेको राप्रपा नेपाल समानान्तरका नेतृत्वपंक्तिले औंल्याएका छन् ।

नेपालको वस्तुस्थिति, सामाजिक, राजनीतिक, साँस्कृतिक परिवेश र भूराजनीति सबैको आधारमा नेपाललाई संकटमोचन गरी सही दिशा प्रदान गर्न राजसंस्थाको अपरिहार्य आवश्यकता देशवासीले महसुस गरीरहेका छन्, राप्रपा नेपाल समानान्तरका कार्यवाहक अध्यक्ष गणेश शेरचनले बताए ।

पार्टीद्वारा मंगलबार आयोजित ‘राष्ट्र, राष्ट्रियता राप्रपा नेपाल समानान्तर’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै राप्रपा नेपाल समानान्तरका उपाध्यक्ष सत्यमान लामाले भने, ‘राष्ट्रहितका लागि राष्ट्रवादी शक्ति एकजुट हुनु पर्ने बताए । देशमा विद्यमान राजनीतिक नेतृत्वले जनताको आधारभूत आवश्यकता पूर्ति गर्ने सवालमा पूर्ण असफल भएको छ ।’

गोष्ठीका सभापति, प्रवक्ता सगुन सुन्दर लावतीले सुसंस्कृत समाज र सबल प्रजातान्त्र भएको बेलायत, डेनमार्क जस्ता देशहरुमा जस्तै प्रजातान्त्रिक पद्धति र लोकसम्मतिका आधारमा संचालन हुने संवैधानिक राजतन्त्रको आफूहरुले वकालत गरेको बताए । विश्वले प्रयोग गरेको यस्ता वैज्ञानिक प्रजातान्त्रिक अभ्यासबाट नेपाली राष्ट्रियता सबल हुने विचार प्रस्तुत गरे ।

महामन्त्री श्याम तिमल्सिनाले स्व. पद्मसुन्दर लावतीको नेतृत्वमा पार्टीले अबलम्बन गरेको मार्गचित्र अनुरुप राष्ट्रियताका लागि राप्रपा नेपाल समानान्तरले सडक समेत संघर्ष गरीरहेको बताए । देशले भोगीरहेको संकट मोचन गर्न अलग अलग रहेर होइन राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्ने विचार प्रस्तुत गरे । ‘पार्टीको विचार स्थापित गर्न अन्तिम समयसम्म पनि लडीरहने आँट र जाँगर छ,’ तिमल्सिनाले भने ।

महामन्त्री रामु राईले राजसंस्था स्वभावैले राष्ट्रवादी हुने भएकोले विगतको गल्ती सच्याउँदै नेपाली समाज अघि बढ्नुपर्ने बताए । यही मान्यता स्थापित गर्न समान विचारधारा भएका शक्तिसँग हातेमालो गर्दै नयाँ संविधानका कमजोरी विरुद्ध राप्रपा नेपाल समानान्तरले सडकमा समेत संघर्ष गरिरहेको बताए ।

सहायक महामन्त्रीहरु किशोर गुरुङ, नवराज दाहाल, उरमिला रावल र केन्द्रीय सदस्य प्रेमराज लावतीले कार्यक्रमा मन्तव पस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप