बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जुरीहरुले हेर्न थाले चलचित्र

बुधबार, १२ जेठ २०७३, ०८ : ०४
बुधबार, १२ जेठ २०७३

काठमाडौं–नेपाल चलचित्र कलाकार संघको आयोजनामा आगामी असार १८ गते काठमाडौंको आर्मी अफिस क्लव भद्रकालीमा आयोजना गरिने फान अवार्ड –०७२ को चलचित्र अवलोकन कार्य जुरीहरुले प्रारम्भ गरेका छन् । २०७२ साल वैशाख १ देखि चैत मसान्तसम्म रिलिज गरिएका चलचित्रहरु समावेश गरिने फान अवार्ड –०७२ लाई निष्पक्ष, सटिक एवं भव्य बनाउनका निमित्त विज्ञहरुको जुरी समिति निर्माण गरिएकोमा यसै जुरी समितिले चलचित्रहरु मुल्याङ्कनका विषयमा हेर्न थालेको हो ।

चलचित्रको मुल्याङ्कन गर्न ७ सदस्यीय निर्णायक समिति गठन गरिएको छ । यस निर्णायक समितिमा बरिष्ठ कलाकार हरिहर शर्मा, चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, संगीतकार शुरेश अधिकारी, बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियसहित नेपाल चलचित्र कलाकार संघकी महासचिव तथा कलाकार सरिता लामिछाने संघका तर्फबाट एवं वरिष्ठ चलचित्र पत्रकार एवं फान अवार्ड –०७२ आयोजक समितिका सह–संयोजक प्रकाश सुवेदी समितिका तर्फबाट जुरी संयोजक रहेका छन् । जुरीले जेठ ११ मंगलबारका दीन चलचित्र वडा नं. ६, सुश्री र फन्को हेर्दै मूल्याङकन कार्य प्ररम्भ गरेको हो ।

चलचित्र कलाकार संघले फान अवार्ड –०७२ का लागी वरिष्ठ कलाकार एवं कलाकार संघका पूर्व–अध्यक्ष कृष्ण मल्लको संयोजकत्वमा फान अवार्ड –०७२ आयोजक समिति निर्माण गरेको छ भने अवार्डलाई भव्य बनाउन अन्य विभिन्न समिति निर्माण गरिएका छन् ।

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले फान अवार्ड –०७२ भव्य सभ्य रुपमा सम्पन्न गरिने बताए । साथै चलचित्रको मूल्यांकन गरी निर्णय सार्वजनीक गर्न पूर्ण रुपमा जुरी समिति नै अधिकार सम्पन्न भएको र त्यसमा कुनै हस्तक्षेप नहुने बताए ।

कलाकार संघले आगामी हप्ता भने एक भव्य कार्यक्रमको आयोजना गरी अवार्ड स्ट्याचु सार्वजनिक गर्दैछ ।

यसै बीच चलचित्र विकास बोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र पुरस्कारका लागि पनि चलचित्र हेर्ने काम यहि मंगलबारबाटै शुरु भएको छ । विकास बोर्डको यस पुरस्कारमा रमेश बुढाथोकी, मोहन निरौला, करुण थापा, सरिता लामीछाने एवं सुशील पौडेल निर्णायकमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप