आधिकारिक ट्रेड युनियन सिरहाको अध्यक्षमा यादव छनोट
लहान - निजामती कर्मचारीको अधिकारिक ट्रेड युनियनका लागि सिरहामा सम्पन्न निर्वाचनमा प्रथम मत ल्याउने नेपाल निजामती कर्मचारी मञ्चले आफूले पाउने पदमा उम्मेदवार छनोट गरेको छ ।
मञ्चको शनिबार बसेको बैठकले निर्वाचनमा प्रथम स्थान प्राप्त गरेपछि पाउने ट्रेड युनियन सिरहाको अध्यक्ष पदमा जिल्ला वन कार्यालय सिरहाका सहायक वन अधिकृत अमरेन्द्रप्रसाद यादवलाई सर्वसम्मत छनोट गरेको जनाएको छ ।
त्यसैगरी टे«ड युनियनको कोषाध्यक्ष पदमा जिल्ला कृषि विकास कार्यालयका कृषि अधिकृत रामअवतार यादव र दुई जना सदस्यमा जिल्ला हुलाक कार्यालयका हजारी यादव तथा जिल्ला जनस्वास्थ्य कार्यालयका कामेश्वर रोहितालाई पठाउने निर्णय गरेको मञ्चले जनाएको छ ।
गत जेठ १९ गते भएको आधिकारिक ट्रेड युनियनले निर्वाचनमा मधेसी कर्मचारी मञ्चले दुई सय १६ मत प्राप्त गरी प्रथम भएको थियो भने एक सय ५९ मतसहित नेपाल निजामती कर्मचारी सङ्गठन दोस्रो र एक सय ३१ मत प्राप्त गरी स्वतन्त्र कर्मचारी मिलन केन्द्र तेस्रो भएको थियो । जसअनुसार मञ्चले अध्यक्ष, कोषाध्यक्ष र दुई जना सदस्य पाउने छ भने सङ्गठनले उपाध्यक्षसहित दुई जना सदस्य तथा स्वतन्त्र कर्मचारी मिलन केन्द्रले सचिवसहित एक जना सदस्य पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण