रंगशालामा नयाँ शक्तिको रेडकार्पेट, स्वयंसेवक ‘मेन इन ब्ल्याक’ (फोटोफिचर)
आइतबार, ३० जेठ २०७३, १० : ४८
काठमाडौं – नयाँ शक्ति नेपालको पार्टी घोषणा सभा आज राजधानीमा हुँदैछ । दिउँसो १२ बजेदेखि हुने कार्यक्रमको तयारी लगभग पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्टेज तयार भइसकेको छ । पाहुनाका लागि ५ सयवटा कुर्सीहरु राखिएका छन् भने उनीहरुको स्वागतका लागि रेड कार्पेट बिच्छाइएको छ ।
सभास्थल प्रविधियुक्त बनाइएको छ । रंगशालाभित्र ठूला स्क्रिनमा डिस्पे राखिएको छ भने बाहिर गेटमा पनि स्क्रिन राखिएको छ ।
स्वयंसेवकहरु पनि कालो कोट र प्यान्टमा रहेका छन् ।
आज बिहान परेको पानी र हुरीले केही झण्डाहरु उडाएपनि ठूलो क्षति हुन पाएन ।
कार्यक्रमअघि चार स्थानबाट र्याली निक्लिने छ भने कार्यक्रमको संचालन करिष्मा मानान्धर र पासाङ शेर्पाले गर्दैछन् ।
अध्यक्षता नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई आफैले गर्नेछन् भने स्वागत मन्तव्य रामचन्द्र झाले दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण