२ लाखको लफडा कार्यदलले मिलाउन सकेन, संसद बैठक ५ बजेका लागि सारियो
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको मागबारे सहमति जुटाउन बनेको कार्यदलको बैठक विनानिश्कर्ष टुंगिएको छ । मंगलबार बिहान बसेको कार्यदल बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि हालतमा भूकम्पप्रभावितलाई एकमुष्ट दुई लाख उपलब्ध गराइनु पर्ने माग राखेपछि सहमति जुट्न नसकेको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले रातोपाटीलाई जानकारी दिए ।
तर सत्तारुढ दलले भने पुरानै कार्यविधिको आधारमा पहिलो किस्तास्वरुप ५० हजारमात्रै उपलब्ध गराइन सकिने अडान राखेको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल आ–आफ्नै अडानमा टसमस भएपछि पुनः शीर्ष तहमै सहमति खोज्ने गरी बैठक टुंगिन पुगेको थियो ।
प्रमुख सचेतक गिरीका अनुसार भूकम्पपीडितलाई उचित राहत दिने, छुटेकाहरुको पुनः लगत संकलन गर्ने, नक्कली पीडितबारे छानबिन गर्नेलगायतका विषयमा भने दुई पक्षबीच सहमति बनेको छ । तीन दलको बैठक सर्यो, संसद पाँच बजे बिहान बसेको कार्यदलको बैठकले अब सहमति शीर्ष तहमै सहमति खोज्ने निश्कर्ष निकालेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे तीन बजेका लागि सारिएको छ । साढे तीन बजे कार्यदल र शीर्ष दलको संयुक्त बैठक बसेर विवाद टुंग्याउन प्रयास हुने गिरीले बताए । यसैबीच साढे तीन बजेका लागि बोलाइएको संसद बैठक अपरान्ह ५ बजेको लागि बोलाइएको छ ।
कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख दिनुपर्ने माग गर्दै लगातार संसद बैठक अवरुद्व पार्दै आएपछि सोमबार चारदलीय कार्यदलको गठन गरिएको थियो ।
कार्यदलमा काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, डा प्रकाशशरण महत र सत्ता पक्षका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, राप्रपा नेपालका दिलनाथ गरीरीलगायत नेताहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण