गुल्मीका दुई माओवादी बीच एकता
गुल्मी – केन्द्रमा १० माओवादी बीच एकता भए पनि गुल्मीमा भने आजमात्रै दुई माओवादी वीच एकता भएको छ । क्रान्तिकारी माओवादीको नेतृत्व गरी रहेका विरबहादुर कार्की सहित सवै नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा आज एकतावद्ध भएका छन् । हिजो एउटै थालमा खाएका र द्धन्द्धकालमा निरङकुश शाही सरकार विरुद्ध संगै लडेका माओवादीहरु तम्घासको वालमन्दिर सभाहलमा मुवहलमा मुठ्ठी उठाएर एकताको उद्घोष गर्दा भावुक वातरण बनेको थियो । समय परिस्थतीले हामीेलाई केहि समय विभाजित बनाए पनि आज एउटै थलोमा नेताहरुलाई उभ्याई दिएकोमा गौरव लागेको बताउँदै नेता विरबहादुर कार्कीले अव सवै माओवादी एक नभए सम्म जनताले मुक्ती नपाउने धारण राखेका थिए । एकता भेलामा केन्द्रिय सचिवालय सदस्य तथा ५ नम्वर प्रदेश ईन्चार्ज चन्द्रपाणी खनाल ( वलदेव ) ले प्रशिक्षण दिएका थिए । कार्यकर्ताहरुलाई अर्का केन्द्रिय सचिवालय सदस्य जयप्रसाद शर्मा ( अपार ) , पुर्णबहादुर घर्ति र वसन्त घर्ति मगरले पनि प्रशिक्षण दिएका थिए । भेला आयोजक समितिका संयोज केन्द्रिय सदस्य दिनेश पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्का केन्द्रिय आयोजक समिति सदस्य निमबहादुर पाण्डेको स्वागत मन्तव्य र विरबहादुर कार्कीको सञ्चालन रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गणेश नेपाली प्रकरणमा प्रधानमन्त्री बालेनले राष्ट्रकै तर्फबाट माफी माग्नुपर्छ’
-
सर्वोच्चको फैसला कार्यान्वयनमा सकस
-
सर्वोच्चले भन्यो– पूर्वन्यायाधीश र सैनिकको सम्पत्ति छानबिन गर्न बाध्य नपार्नु
-
प्रतिनिधि सभा नियमावलीविरुद्धकाे रिट सर्वाेच्च अदालतमा दर्ता
-
नगर प्रहरीलाई आक्रामक बनाउनमा बालेनकै थियो भूमिका
-
रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण