पासाङल्हामु राजमार्ग खुल्ला
मङ्गलबार, १४ असार २०७३, २२ : २७
रसुवा – गएरातिको वर्षाका कारण अवरुद्ध भएको पासाङ राजमार्गअन्तर्गत रसुवाको मूलखर्क खण्डमा आज अपराह्नबाट सवारीसाधन आवतजावत भएको छ ।
प्रहरी प्रमुख अवधेश विष्टका अनुसार डिभिजन सडक कार्यालय नुवाकोटको डोजरको सहायताले पहिरो व्यवस्थापन गरी सडक सञ्चालन भई रोकिएका सवारीसाधन आ–आफ्ना गन्तव्यतर्फ गइसकेका छन् ।
उता नेपाल–चीन सिमाना रसुवागढीनजिक गएको पहिरो भने बुधबारसम्म पन्छाउने लक्ष्य लिई स्काभेटर प्रयोग गरिदिन रसुवागढी हाइड्रोपावरसँग समन्वय भइरहेको प्रहरी प्रमुख विष्टले बताए । गएराति मूलखर्क र रसुवागढी क्षेत्रमा ठूलो पहिरो गई सडक अवरुद्ध भएपछि सयौँ मालवाहक सवारीसाधन रोकिएर सडकका विभिन्न भागमा अलपत्र परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण