भूकम्पपीडितलाई पहिलो किस्तास्वरुप डेढ लाख दिने कांग्रेस र सत्तापक्षबीच सहमति
बुधबार, १५ असार २०७३, १४ : ००
[caption id="attachment_55894" align="alignleft" width="840"] file photo[/caption]
काठमाडौं– सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भूकम्पपीडितलाई पहिलो किस्तास्वरुप डेढ लाख दिने सहमति भएको छ ।
आज बिहान भएको सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको बैठकबाट भूकम्पपीडितलाई पहिलो किस्तास्वरुप डेढ लाख दिने सहमति भएको राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले रातोपाटीलाई जानकारी दिए ।
‘भूकम्पपीडितलाई दुई किस्ता गरी २ लाख सहयोग रकम दिने सहमति भएको छ, जसमा पहिलो किस्तास्वरुप छिट्टै डेढ लाख उपलब्ध गराइनेछ र बाँकी ५० हजार अर्को किस्तामा उपलब्ध गराइने सहमति भएको छ’, गिरीले भने, ‘ अब संसदको अवरोध हटेको छ । ’
उनले सहमति भएसँगै राहत तथा अनुदान वितरणसम्बन्धी कार्यविधि परितको प्रक्रियामा गइने भन्दै विश्ब बैंकसँग पनि यस विषमया छलफल गरिने बताए ।
यसअघि कांग्रेसले भूकम्पपीडितलाई एकमुस्ट दुई लाख दिनुपर्ने माग राख्दै आएपनि दलहरुबीचको छलफलका क्रममा लचकता अपनाउँदै डेढलाखमा सहमति जनाएको हो ।
संसद बैठक २ बजे
यसैबीच व्यवस्थापिका संसद्को बैठक दिउँसो तीन बजेको लागि बोलाइएको छ । बिहान ११ बजेको लागि बोलाइएको बैठक दलहरुबीच छलफल चल्दै गरेकाले तीन घन्टाका लागि पर सारिएको हो ।
आजको बैठकमा कुनै अवरोध नगर्ने कांग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण