विनोद चौधरीको सफताको सुत्र : सकारात्मक सोच र दृढ इच्छाशक्ति
काठमाडौ–उद्योगपति विनोद चौधरीले सकारात्मक सोच र दृढ इच्छाशक्ति भएमा कुनैपनि काम गर्न ठूलो लगानीको आवश्यक्ता नपर्ने बताएका छन् ।
बुधवार राजधानीमा आयोजना गरिएको ‘क्लक बी विजनेश इनोभेसन बीजनेश नेटवर्ककिङ’ कार्यक्रममा उनले सो बताएका छन् ।
कार्यक्रममा चौधरीले आफ्नो जीवनमा पनि दृढ इच्छा शक्तिकै कारण ठूलो परिवर्तन आएको र अहिले अर्बपतिको सूचीमा पुग्ने अवस्था आएको बताएका थिए ।
ठूलो चुनौतीका साथ आफ्नो वुवाले गरेको व्यापार भन्दा फरक व्यापार गरेर पनि सफता हात परेको उनले सुनाए । ‘म आज विनोद चौधरी भएर जसरी चिनिएको छुृ, त्यसमा वुवाको मार्ग दर्शन र मेरो दृढ इच्छा शक्तिनै कारण वनेको छ’, चौधरीले भने, ‘केही नयाँ काम गर्नु पर्छ भने लगानी नै सवैकुरा होइन रहेछ ।’
उनले आफुले सुरु गरेका थुप्रै व्यवसायीक योजनाहरु सकारात्मक सोच र निरन्तरको लगनशिलताका वावजुत सफल भएको जनाए । अहिले पनि भारत लगायत युरोप र अमेरिकामा आफ्ना उत्पादनहरुले राम्रो वजार लिएको उनले सुनाए ।
वाइवाई अहिले विश्वका दर्जनौ मुलुकमा पुगेको उनले सुनाए । यस्तै, अहिले होटल व्यवसायमा लागेकाले अव २०२० सम्ममा विभिन्न मुलुकमा २ सय वटा स्टार होटल स्थापना गरिसक्ने लक्ष्य रहेको चौधरी खुलाए । नयाँ र चुनौती रहेको क्षेत्रमा लागनी गरेपनि त्यसलाई व्यवस्थापन गर्न आफु सक्षम रहेको चौधरकिो भनाइ थियो ।
कार्यक्रममा अर्का हाउजिङ व्यवसायी ओम राजभण्डारी, बैंकर अनिलकेशरी शाह, वीवीसी नेपाली सेवाका सम्पादक रविन्द्र मिश्र लगायतले सकारात्मक सोचको विकास कसरी गर्ने भन्ने सहभागिलाई प्रशिक्षित गरेका छन् ।
हरेक काममा लगनशिलता र धैर्यता अनिवार्य रहेको र त्यसलाई आतमसाथ गर्ने व्यक्तिले सफता पाउनेमा दुईमत नरहेको उनीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण