नेदरल्याण्ड्समा नेवि संघ विस्तार
नेदरल्याण्ड्स- नेपाल विद्यार्थी संघ नेदरल्याण्ड्स आइतबार एक भेलालका विच विस्तार भएको छ । नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले विवेक गौतमलाई अध्यक्ष तोक्दै समिति विस्तार गरि केन्द्रलाई जानकारी दिनको लागि परिपत्र गरेको थियो ।
सोहि अनुसार भेलाले अध्यक्ष विवेक गौतम र अर्पण पोखरेल, सिर्जना केसी, सरिता हुमागाई, डेविड शर्मा, रेशव रिजाल, आस्था क्षेत्री, विजय क्षेत्री, विप्लव केसी, सुमिरा बरुवाल, शनिश शर्मा, अभिषेक चुडाल, सुदय शर्मा, रोशिस गुरुङ्ग, निरज गुरुङ्ग, रक्षा अधिकारी र गणेश थापा कार्यकारी सदस्यमा चयन भएका छन् । भेलाले यथाशिघ्र पुर्ण कार्यसमितिको बैठक बोलाई पदाधिकारीहरु चयन गर्ने, नेपाल विद्यार्थी संघको केन्द्रिय महाधिवेसनमा ३ जना प्रतिनिधी चयन गर्ने र जनसंपर्क समिति नेदरल्याण्ड्स संग सहकार्य गरेर च्यारिटी बनभोजको कार्यक्रम गर्ने समेत जनादेश दिएको छ । भेलामा नेपाली जनसंपर्क समितिका संस्थापक अध्यक्ष नारायण आर्चाय, पुर्व अध्यक्ष मनोहरि शर्मा, वर्तमान अध्यक्ष दिपक रेग्मी, एनआरएन नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशि पौडेल, पुर्व अध्यक्षहरु नारायण आर्चाय, हरि पौडेल, निवर्तमान अध्यक्ष कृष्ण अधिकारी र वर्तमान अध्यक्ष हिमाल गुरुङ्ग ,एनआरएन नेदरल्यान्ड्सका युवा संयोजक अमित कार्की लगायत जनसंपर्क समितिका महामन्त्री उत्तम कंडेल, प्रेम सिंड गुरुङ्ग, निरज विस्ट, विकास शर्मा, जितेन्द्र श्रेष्ठ लगायतले शुभकामना दिएका थिए । अध्यक्ष गौतमले नेदरल्याण्ड्स लगायत नेपालका विद्यार्थी विच संभावित सवालहरुमा सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण