जब महिलासँगै पशुपतिले धान रोपे (फोटोफिचर)
भक्तपुर – प्रत्येक वर्ष असार १५ गतेका दिन राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यो दिवसलाई किसानदेखि राजनतिक दलसम्मले मनाउँदै आएका छन् ।
यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाइएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । धान खेती हुने क्षेत्रफलमध्ये ९० प्रतिशतमा रोपाइँ गरिन्छ भने १० प्रतिशतमा मेसिनद्वारा धान रोपिन्छ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । दिवसको अवसरमा भक्तपुरको सोडालमा आयोजित रोपाई कार्यक्रममा राप्रपाका नेता पशुपति शमशेर राणालगायत सहभागि भए । उक्त पार्टीको आयोजनामै भएको उक्त कार्यक्रममा केहि बेर राणाले महिलाहरुसँगै धानसमेत रोपेका थिए । सो अवसरमा बोल्दै राणाले आफ्नो पार्टी यो सरकारको काम देखेर हैरान भएको बताए । उनले भने ‘सरकारको कार्य शैली प्रती हामी सन्तुष्ट छैनौ । ’ भुकम्प गएको १४ महिना सम्म पनि पिडितले अनुदान पाउन नसक्नु विडम्वना भएको नेता राणाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण