हुवावे र प्रभु टेक्नोलोजीले मोबाईल वित्तीय प्रणाली सुरु गर्ने
बुधबार, १५ असार २०७३, १५ : ३२
काठमाडौ–प्रभु टेक्नोलोजी प्रालि र हुवावे टेक्नोलोजी नेपाल कम्पनी प्रालिको संयुक्त पहलमा बहुउपयोगी एवं बहुप्रतिक्षित मोबाईल वित्तीय प्रणाली एमरुपैयाँ छिट्टै सञ्चालनमा आउने भएको छ । करिब ६० प्रतिशत नेपालीहरु बैंकिङ्ग पहुँच बाहिरै रहेको यथार्थलाई मध्येनजर गर्दे उनीहरुलाई पनि सहज र सरल रुपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ ।
यसबाट बैंकिङ्ग कारोबारको पहुँच बाहिर रहेका विशेष गरी ग्रामिण क्षेत्रमा रहेका उपभोक्ताहरुले नगद जम्मा गर्न, झिक्न, स्थानान्तरण, रेमिट्यान्स सेवा लगायतका व्यापारिक कारोबारको लागि तत्काल भुक्तानी गर्न सक्नेछन् । यो सेवाका लागि नेपालभर ६ हजार भन्दाबढी एजेण्टहरुको सञ्जाल रहनेछ । उपभोक्ताहरुले आफुलाई पायक पर्ने नजिकको एजेण्ट मार्फत् यो सेवा लिन सक्ने जनाइएको छ ।
हुवावे टेक्नोलोजी विश्वको उत्कृष्ट मोबाईल वित्तीय सेवा प्रदायक कम्पनीहरु मध्यको एक हो । यसले विश्वका २६ वटा देशमा उपभोक्तालाई सफलतापुर्वक मोबाईल वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । नेपालमा प्रभु टेक्नोलोजीसँगको सहकार्यमा यो सेवा सञ्चालनमा आउन लागेको हो । २ करोड भन्दाबढीको संख्यामा रहेका मोबाईल फोन उपभोक्ताहरुलाई मोबाईलबाटै बैंकिङ्ग कारोबार सेवा उपलब्ध हुने यो सेवा अत्याधुनिक प्रविधियुक्त सप्mटवेयरबाट सञ्चालनमा ल्याईने जनाइएको छ । यो सेवा उपभोग गर्ने ग्राहकहरुले आप्mनो मोबाईलबाटै सहज रुपमा तोकिए बमोजिमका वित्तीय सेवा उपभोग गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण