सहज रुपमा सूचना पाउनुपर्ने माग
बुधबार, १५ असार २०७३, १५ : ३८
बर्दिबास–नागरिकले सार्वजानिक कार्यलयबाट माग गरिएका कानुन बमोजिमका सुचनाहरु कार्यालयका सुचना अधिकारीहरुले निर्वाध रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका छन ।
नागरिकले पसिना चुहाएर राज्यलाई तिरेको करबाट सरकारी कार्यालयले गरेको कामकारवाहीको सुचना नागरिकहरुले अझैपनि नपाईरहेको सुचनाका अभियन्ता भिमबहादुर आलेले बताए ।
बुधबार महोत्तरीको बर्दिवासमा सुचनाको अभियन्ता, सरकारी कार्यालयका सुचना अधिकारी र संचारकर्मीवीच सुचनाको हकको लागि नागरिक अभियान काठमाण्डौले आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा वक्ताहरुले सुचनामा सरकारी कार्यालयहरुले अंकुश लगाउन नहुनेमा जोड दिएका छन ।
सुचनाका अभियन्ताहरुले सार्वजानिक कार्यालयबाट सुचनाको अभियन्ता र कार्यालयका सुचना अधिकारी एक अर्काले सहयोगीको भुमिका निर्वाह गर्नुपर्ने आवश्यक रहेको सुचनाको हक नागरिक अभियानका संयोजक तारानाथ दाहालले बताए । दाहलाले भने, वर्तमान परिस्थितमा हरेक सरकारी कार्यालयले नियमित रुपमा सुचना अध्यावधिक नगरेको कारण सर्वसाधारणले सुलभ रुपमा सुचना पाउन नसकेको बताए ।
अध्यक्ष दाहालले हरेक कार्यालयले गरिएको कामकाजको गतिविधी प्रत्येक ३, ३ महिनामा आद्याविक गर्नका लागि कार्यक्रमका वीच सुचना अधिकारीहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा महोत्तरी लगायत सर्लाही, धनुषा, रौतहटका विभिन्न सरकारी कार्यालयका सुचना अधिकारी, सुचनाका अभियन्ता तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण