सगुनले ल्यायो लगानीको अवसर
काठमाडौं– सामाजिक सञ्जाल सगुन डटकमले इच्छुक तथा योग्य लगानीकर्ताहरुको लागि लगानीको अवसर खुल्ला गरेको छ। सगुनले लगानी गर्न चाहने योग्य लगानीकर्तालाई कम्तिमा पाँच हजार डलर लगानी गर्ने अवसर प्रदान गरेको छ। “प्रयोगकर्ताहरु माझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले भोग्नुपर्ने नकारात्मक अनुभवहरु हटाउनका लागि हामी लागिपरेका छौं,' लगानीको अवसर खुल्ला गरिएपछि संस्थापक गोविन्द गिरीले भने, “विश्व बदल्ने लक्ष्य लिएको हाम्रो समुहका तर्फबाट त्यस्तै उद्देश्य रहेका अन्यलाई सगुनमा सहभागिता जनाएर सहकार्य गर्न लगानीको मौका प्रदान गरिएको छ । यसको लागि कानुनी रुपमा बाटो खोलिदिएकोमा यूएस् जब्स एक्ट लाई धन्यवाद दिन चाहन्छु।” सगुन एउटा बिश्वब्यापी रुपमा फैलिएको सोसियल कमर्स सञ्जाल हो । यसले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोलमार्फत अवसर प्रदान गरिरहेको छ। सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र आगामी दिनमा मोबाइल एप्पको सुरुवात गरिने गिरीले बताए ।
यही वर्षको अन्त्यसम्म सगुनले आफ्नो सोसियल स्मार्ट कार्डलाई समेत प्रयोगकर्ताहरु माझ ल्याउने बताइएको छ । सगुनमा आफ्नो प्रोफाइल बनाउँदा र सगुनमा आबद्ध भएपछि सगुन प्रयोगकर्ताले निस्शुल्क रुपमा स्मार्ट कार्ड पाउन सक्नेछन् । उक्त स्मार्ट कार्ड पाएपछि सगुनमा खाता भएका प्रयोगकर्ताहरुले आफ्नो साथीभाई अथवा परिवारलाई उपहार र गिफ्ट कार्ड खरिद गरेर दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण