सर्लाहीमा तीन पत्रकार सम्मानित
बर्दिबास–सर्लाहीको हरिवनमा रहेको सहयोगी समाज नेपालले वैदेशिक रोजगारीको क्षेत्रमा उत्कृष्ट पत्रकारिता गर्ने महोत्तरीका पत्रकार राजकरण महतो सहित तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
संस्थाले हरिवनमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धीमुलक बनाउन कलम चलाउने तीन जना पत्रकारलाई सम्मान गरेको हो ।
सामुदायिक रेडियो एकता सर्लाहीका जनार्जन खत्री र रेडियो सिन्धुलीगढी सिन्धुलीका सुजाता तामाङलाई पनि पुस्कृत गरिएको छ । पत्रकारहरुलाई ५ हजार नगद र प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको सहयोगी समाज नेपालका अध्यक्ष हरि थापाले जानकारी दिए । हरिवन नगरपालिका कार्यालयका कार्यकारी अधिकृत यादवप्रसाद सापकोटाले तीनै जना पत्रकारलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी सापकोटाले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पत्रकारहरुको भूमिका प्रशंसनिय रहेको बताउँदै यस्तो किसिमको सम्मानले अझ उत्पे्ररित गर्ने बताए । कार्यक्रममा सर्लाहीका वरिष्ठ पत्रकारहरु चुडामणि वाग्ले, विश्वनाथ ठाकुर, टंक क्षेत्री लगायतले मन्तव्य राख्नु भएको थियो । पुरस्कार वितरण कार्यक्रममा सर्लाही, महोत्तरी र सिन्धुलीका पत्रकारहरु सहभागी भएका थिए । सहयोगी समाज नेपालले वैदेशिक रोजगारीको क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारहरुलाई केही वर्ष देखि सम्मान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण