राष्ट्र बैंकका कर्मचारी आन्दोलित
काठमाडौ– नेपाल राष्ट्र बैंकका आन्दोलित कर्मचारीले गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकक्ष घेराउ गरेका छन् । कर्मचारीको माग सहितको हस्ताक्षर वुझ्न नमानेपछि उनीहरुले गभर्नरको कार्यालय घेराउ गरेका हुन् । उमेर हदवन्दी र सेवा अवधिका विषयलाई लिएर कर्मचारी आन्दोलित बनेका हुन् ।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा निवयमावली २०६८ को परिच्छेद १० को विनयम १११ को व्यवस्था कायमै हुनुपर्ने आन्दोलनरत कर्मचारीहरुको माग रहेको छ । कर्मचारीहरुले व्यवस्थापनको ध्यानाकर्षण गराउँदै सात सय जना कर्मचारीको दबाबमूलक हस्ताक्षर संकलन गरेका थिए । संकलित हस्ताक्षर गभर्नर समक्ष पु¥याउन खोज्दा गभर्नरले उल्टै व्यवस्थापन पक्षको पक्षपोषण गर्दै कर्मचारीको हस्ताक्षर बुझ्न नमानेपछि गभर्नरलाई नै घेराउ गरेको वताएका छन् ।
आन्दोलनरत कर्मचारीले सेवा अवधि ३० वर्ष तथा अनिवार्य अवकास ५८ वर्ष उमेर हद कायमै रहनुपर्ने बताउँदै आएका छन् । उनीहरुका अनुसार विनियम ११३ बमोजिम पदावधि पूरा गरेको कर्मचारीहलाई बैंकबाट अनिवार्य अवकाश दिइनेछ भन्ने व्यवस्था हुँदा हुँदै हालको उच्च व्यवस्थापनले समग्र कर्मचारीको भावनालाई लत्याएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण