बझाङमा आधा घण्टाको अन्तरालमा तीनवटा भूकम्प
बुधबार, १५ असार २०७३, १७ : २०
डोटी– सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आधा घण्टाको अन्तरालमा आज तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार पहिलो धक्का दिउँसो २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको र ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । तीनवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व मयाना भन्ने स्थानमा रहेको सुुर्खेत केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै ठाउँबाट जानकारी नआएको र ठाउँ ठाउँमा सम्पर्क गरी क्षतिको लगत लिने काम भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण