विद्यालयमा किताब पुगेन, सदरमुकामका पसलमा किताबका चाङ
कालीकोट–विद्यालय संचालन भएको ३ महिना वितिसक्दा पनि कालिकोट जिल्लाका अधिकाशं विद्यालयले पाठ्यपुस्तक सदरमुकाममा नै राखेको भेटिएको छ । शिक्षा चेतनाको सम्वाहक, विकासको मेरुदण्ड र सभ्यताको मुहान हो, भनेर सधै शिक्षकले विद्यार्थीलाई कराउने र जिल्ला शिक्षा अधिकारीले पनि सम्पूर्ण शिक्षकलाई पाठ पढाउदै जिल्लाका विभिन्न गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गर्दै आइरहेका बेला कालिकोट जिल्लाको कुमालगाउँ गाविसको वडा नं ९ गोठी स्थिति विश्वकुना माध्यामिक विद्यालयमा अहिलेसम्म कक्षा १० को ऐछिक विषय भूगोल र कक्षा ६ को पेसा व्यवसाय र प्राविधिक पाठ्यपुस्तक पुग्न सकेको छैन । उसो त जिल्ला शिक्षा कार्यालयले नदिएको पनि होइन जिल्ला शिक्षा कार्यालयबाट पाठ्यपुस्तक लिइ सदरमुकामको एक पसलमा महिनौदेखि पाठ्यपुस्तक राखिएको छ । यसरी पसलमा किताव राख्दा करिव ३ महिनादेखि विद्यार्थीहरु मर्कामा परेका छन् । दुर्गम गाविस कुमालगाउँको माध्यमिक विद्यालयले ३ महिनादेखि किताव लिएको छैन र अहिले सम्म पनि विद्यार्थीको हातमा किताव पुग्न सकेको छैन । यसको प्रत्यक्ष असर भनेको असारमा हुने त्रैमासिक परिक्षामा पर्ने निश्चित छ । उक्त विद्यालयमा अध्ययनरत एक छात्राले भन्नुभयो त्रैमासिक परिक्षा नजिकै आइसक्यो अहिले सम्म किताव आएको छैन । विद्यालयमा किताव कहिले आउछ भन्दा एक दुइ दिनमा आउछ भन्दा भन्दै ३ महिना वितिसकेको उहाले बताउनुभयो । पहिले पुस्तक विक्रेतालाई दोष दिने गरिएकोमा अहिले शिक्षकको लापरबाहीका कारण यस्तो समस्या आएको अभिभावकको गुनासो छ । तर जिल्लाका कतिपय विद्यालयले भने त्रैमासिक परिक्षा नलिइ नै विद्यालय बन्द गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण