गोबिन्द र अञ्जुको सांगितिक हयाट्रिक
काठमाडौं – ‘सत्यता’ एल्बमका भाग एक र दुई लगातार हिट भएपछि गीतकार गोविन्दप्रसाद उपाध्यायले ‘सत्यता–३’को रेकर्डिङ सुरु गरेका छन् । सत्यता–३ मा पनि उनले चर्चित गायिका अञ्जु पन्तलाई समेटेका छन् । यस हिसाबले गीतकार गोविन्द र अञ्जुको साँगितिक सहकार्यको ‘हयाट्रिक’ हुने भएको छ ।
अञ्जुले सत्यता–एकमा ‘कथा जिन्दगीको’ बोलको गीत गाएकी थिइन भने ‘सत्यता–२’मा मनोज राजसँगको युगल गित ‘कस्तो माया लाइयो हजूर’ गाएकी थिइन् । ‘सत्यता–३’मा भने उनी गजलको ‘मेहफील’ जमाउँदै गाउनेछिन–
‘मेहफीलमा बसाई सरे होलान् तिम्रा यादहरु’ असारको झरीमा नक्सालको अक्योस्टिक स्टुडियोमा सत्यता–३ को गीत रेकर्ड भइरहँदा अञ्जु आफ्नो उही हँसिलो र रसिलो मिजासमा प्रस्तुत भएकी थिइन् । करीब तिन घन्टासम्म गजलका विभिन्न बान्कीहरु प्रस्तुत गरेपछि उनले भनिन्, ‘धेरै पछि मैले एउटा उत्कृष्ट गजल गाउने मौका पाएँ ।’
‘मेहफील’ शीर्षकको गजलको विशेषता के हो भने यसमा गोबिन्दले शब्द कोरेका छन्, जो पेशाले बैंकर हुन् । अनि यसमा संगीत भरेका छन्, पेशाले पत्रकार कुसुम भट्टराईले । यसमा हरेक अन्तरालाई भिन्न भिन्न शैलीले संगीत कम्पोज गरिएको भने एउटै शब्दलाई विभिन्न शैलीले गाउने शैली अपनाइएको छ ।
‘शब्द र संगीत सुन्दा मलाई यस्तो लाग्यो यो कुनै बैंकर र पत्रकारले रचेको हैन, बरु प्रोफेशन र माझिएका सर्जकहरुले रचेका हुन्’, अञ्जुले भनिन् ।
गीतकार गोबिन्दका यसअघिका दुई एल्बमहरुले विभिन्न एफएम र टेलिभिजनका म्युजिक अवार्डहरुमा उत्कृष्ट गितकारको पुरस्कार पाइसकेका छन् । गीत सिर्जनालाई ध्यानको संज्ञा दिने गोबिन्द आफ्नो व्यस्त समयबाट फुर्सद निकालेर साँझपख गित रच्नेगर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण