सुनको भाउ ३ सय घट्यो
बिहीबार, १६ असार २०७३, १२ : २०
काठमाडौ– आज नेपाली बजारमा सुनको भाउ प्रति तोला ३ सय रुपियाँले सस्तिएको छ । वुधवार स्थिर रहेको भाउ बिहीवार भने घटेको हो । आज छापावाल सुन प्रतितोला ५८ हजार र तेजावी सुन ५७ हजार ७ सय ५० रुपैयाँमा कारोवार भईरहेको छ । चाँदी भने आज प्रतितोला २० रुपैयाँले वढेर ८ सय ३५ रुपियाँमा कारोवार भैरहको छ । मंगलवार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रति तोला ४ सय रुपैयाँ घटेको थियो । तर, वुधवार भने स्थिर रहेकोमा आज ३ सय रुपियाँ सस्तिएपछि उपभोक्तालाई केही राहत मिलेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार मुल्यकै कारण नेपालमा पनि सुनको भाउमा उत्तरचडाव आइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण