विपन्न विद्यार्थीलाई साइकल प्रदान
इटहरी – दुहबीभलुवाका विपन्न समुदायका विद्यार्थीलाई सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोख्रेलले साइकल सहयोग हस्तानतरण गरेका छन् । दुहबीभलुवाका गरीब मुसहर बस्तीका ९ कक्षामा पढ्ने ५ छात्रालाई एक एक–एक थान साइकल र करिब ७० जना छात्रा÷छात्रलाई स्कुले झोला तथा शैक्षिक सामाग्री प्रदान गरेका हुन् । त्यस्तै यस पटकको एसएलसीमा उत्कृष्ट अंक ल्याउने विपन्न बस्तीका ४ जना विद्यार्थीलाई समेत सम्मान गरिएको छ । दुहबीभलुवा स्थित दलित विकास समाजको पहलमा उक्त सामाग्री वितरण गरिएको हो । विपन्न समुदायका विद्यार्थीको विद्यालयमा सहज पहुँच पु¥याउने उदेश्यले सहयोग प्रदान गरिएको संस्थाका संयोजक लक्ष्मण ऋषिदेवले बताए । सहायक प्रमुख जिल्ला अधिकारी पोख्रेलले बिविध समस्याले घर देखि विद्यालय सम्म पुग्न कठिन भएका बालवालिकालाई सहज बनाउन गरिएको यस किसिमको सहयोग प्रशंसनिय रहेको बताए । कार्यक्रममा करुण फाउण्डेसन सुनसरीका प्रमुख रमेश बराल, स्थानिय राजनितिज्ञ तथा शिक्षासेवीहरुले विपन्न समुदायको जीवनशैलीमा शिक्षाले परिवर्तन गर्न सक्ने विषयमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण