एउटै वनमा २४० प्रजातिका जडीबुटी
पाल्पा - एउटै सामुदायिकमा २४० प्रजातिका जडीबुटी रहेका छन् ।छहरा गाविस–५ अम्लाबासस्थित अम्लाबास लेकसल्लेरी सामुदायिक वनले २४० प्रजातिका जडीबुटी तथा गैरकाष्ठ वन पैदवार रहेका छन् ।
अन्यत्र लोप भएका बहुमूल्य जडीबुटी यहाँ देख्न पाइन्छ । चोरी निकासीका कारण बहुमूल्य जडीबुटी लोप हुने अवस्थामा पुगेकाबेला ती महत्वपूर्ण जडीबुटी स्थानीय वनमा हुर्काइएका छन् । यसबाट जडीबुटीका लागि अध्ययन अनुसन्धान गर्न सहज हुने सो वन उपभोक्ता समितिका अध्यक्ष माधव घिमिरेले बताए ।
विसं २०५७ देखि जडीबुटी तथा गैरकाष्ठ वन पैदवार नमुना प्लट बनाउने काम सुरु गरिएको हो । टिमुर, हर्रो, अम्ला, काफल, लालीगुराँस, नस्पाती, कागती, सुन्तला, अम्रिसो, चिराइतो, पानीअम्ला, भुइँकटर, कटहरलगायतका जडीबुटी तथा गैरकाष्ठ वन पैदवार नमुना प्लटमा रहेका छन् ।
जिल्ला वन अधिकृत दधीलाल कँडेलले उपभोक्ता समितिमार्फत सञ्चालित नमुना प्लटमा यति धेरै प्रजातिका जडीबुटी सङ्कलन गरेर सो सामुदायिक वनले उदाहरणीय काम गरेको बताए । सो वनले १४ प्रजातिका जडीबुटीको खेती गर्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण