सात लाखको भिर मह उत्पादन
बुधबार, २२ असार २०७३, १२ : ५२
म्याग्दी – गुर्जामा स्थानीयले रु सात लाख बराबरको मह उत्पादन गरेका छन् ।
वैशाखयता गाविसको विभिन्न भिर पहरामा सङ्कलन गरिएको ६०० किलो मह प्रशोधन गरी किसानले बिक्री गरिरहेका छन् । बजारमा प्रतिकिलो मह रु एक हजार २०० देखि एक हजार ६०० सम्ममा खरिद बिक्री भइरहेको छ ।
सदरमुकाम बेनीमा १०० किलो मह बिक्री गर्न आउनुभएका गुर्जाका झकबहादुर छन्त्यालले भिर महले बजार पाउन नसकेको बताउनुभयो । व्यापारीले जिल्ला वन कार्यालयबाट छुटपुर्जी लिएर मह सङ्कलन गर्दै आएका छन् ।
गुर्जाको घ्यासपुर, सितमनाथ, बरमथान, छहरा, रातोभिर, कुन्ना, ठूलोभिर, रिमतालालगायतका भिरमा मह सङ्कलन हुने गरेको छ । परम्परागत रुपमा गुर्जा, मुदी, लुलाङ, निस्कोट, कुइनेमङ्गले, चिमखोला गाविसमा मह सङ्कलन गरिन्छ । जिल्लामा वार्षिक दुई हजार २८० किलो भिरमह उत्पादन हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण