तीन घन्टाको अन्तरालमा फरक स्थानमा दुई परकम्प
बिहीबार, २३ असार २०७३, २२ : ५६
काठमार्डौँ– झन्डै तीन घन्टाको अन्तरालमा आज फरक स्थानमा दुई परकम्प गएका छन् ।
साँझ ५ बजेर ३८ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप र थाङ्पालकोट गाविसका बीच बच्छलादेवी केन्द्रबिन्दु भई ४.४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४६५ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
यसअघि लमजुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज अपराह्न २ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको थियो । परकम्पबाट तनहुँको दमौली आसपासका क्षेत्रमा पनि धक्का महसुस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण