वायु प्रदुषणमा नेपाल दक्षिण एसियामै पहिलो नम्बरमा
काठमाडौँ - काठमाडौँ उपत्यकामा ६० प्रतिशत वायु प्रदूषण सवारी साधनका कारण हुने गरेको छ ।
वातावरण विभाग र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड)ले आज यहाँ आयोजना गरेको वायु गुणस्तरबारेको सार्वजनिक सूचना प्रणालीसम्बन्धी एक छलफल कार्यक्रममा वातावरण विभागका सिनियर डिभिजन केमिस्ट शङ्करप्रसाद पौडेलले यस्तो जानकारी दिए ।
वायु प्रदुषणमा नेपाल दक्षिण एसियामै पहिलो नम्बरमा पर्ने गर्छ ।
इसिमोडका निर्देशक शेखर घिमिरेका अनुसार इसिमोडले वायु प्रदूषण नाप्न लुम्बिनी र चितवनमा उपकरण जडान गरिसकेको छ ।
नेपालको वायु प्रदूषणको वास्तविक अवस्था कस्तो छ भन्ने जानकारी पाउन पनि यस्तो यन्त्र आवश्यक रहेको बताइएको छ । उक्त छलफलमा काठमाडौँ उपत्यकाका कुन कुन स्थानमा वायु मापनयन्त्र जडान गर्ने भन्ने निर्णय समेत लिइने छ ।
जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले विकास गतिविधि सँगसँगै वातावरण संरक्षणका मुद्दालाई पनि सँगै लैजानुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण