आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमा बाढीको कहर : बुढी खोलाको कटानले १० घर बगायो, २० घर जोखिममा (हेर्नुहोस् १२ तस्विर)

आइतबार, ०९ साउन २०७३, १२ : ०८
आइतबार, ०९ साउन २०७३

सुनसरी – सुनसरीको दुहबी भलुवा नगरपालिकास्थित बुढी खोलामा आएको बाढीले खोला आसपासका करिब २० घर जोखिममा परेको छ । लगातार परेको अबिरल बर्षाका कारण बुढी खोलामा बढीको सतह बढेपछि दुहबी ७ स्थित डोमराही बस्तीका घर जोखिममा परेको हो । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । २० घरका ३८ परिवार बस्तीको छेउमै अस्थाई रुपमा पालमा बस्न बाध्य छन् ।

अहिलेसम्म १० घर बुढी खोलाको बाढीले कटान गरी बगाइसकेको छ । घर बगाएका पिडितहरु १५ दिन देखी आफन्त तथा छिमेकीको शरणमा बस्न बाध्य छन् ।

यस्तै दुहबी भलुवा जोडने पक्की सडक पनि जोखिममा परेको छ । सडकको ७ मिटर सम्म कटान भएको हो । अहिले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बाढीले भत्काइएका घरका संरचना निकाल्ने र कटान नियन्त्रणमा खटिएका छन । साथै थप कटान हुन नदिन दुहबी भलुवा नगरपालिकाको पहलमा एस्काभेटर प्रयोग गरि कटान नियन्त्रणको प्रयास शुरु भएको छ ।

बुढी खोलाको दक्षिण भागमा बाढीको निकास नहुँदा बस्तीतर्फ धेरै कटान भएको स्थानिय मुन्ना हलुवाईले बताए । नम्बरी जग्गा रहेका कारण व्यक्तिले बाँध लगाएपछि बाढीले बस्ती र सडक तिर कटान शुरु गरेको हलुवाईको भनाई छ ।

यता स्थानियले कटान नियन्त्रणमा नगरपालिका र जिल्ला दैवी प्रकोप उद्धार समितिले समयमै चासो नदिएको प्रति आक्रोश व्यक्त गरे । कटानबाट घर गुमाएका पिडितहरु अरुको शरणमा बस्न बाध्य हँुदा सम्म प्रशासनले उनीहरुको व्यवस्थापनमा ध्यान नदिएको स्थानिय राहुल रौनियारले बताए ।

३१ गते देखि निरन्तर रुपमा बुढी खोलामा बढी आएपछि थप कटानको जोखिम हँुदा अन्य बस्तीका स्थानियहरु पनि चैनसँग रात बिताउन सकेका छैनन् । बाढीले घर बगाएका पिडितहरु अझै पनि पालको भरमा खुल्ला आकाशमा बस्न बाध्य छन् । निरन्तर परिरहेको बर्षाले पीडितहरुको समस्या झन् बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप