पूर्वमा बाढीको कहर : बुढी खोलाको कटानले १० घर बगायो, २० घर जोखिममा (हेर्नुहोस् १२ तस्विर)
सुनसरी – सुनसरीको दुहबी भलुवा नगरपालिकास्थित बुढी खोलामा आएको बाढीले खोला आसपासका करिब २० घर जोखिममा परेको छ । लगातार परेको अबिरल बर्षाका कारण बुढी खोलामा बढीको सतह बढेपछि दुहबी ७ स्थित डोमराही बस्तीका घर जोखिममा परेको हो । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । २० घरका ३८ परिवार बस्तीको छेउमै अस्थाई रुपमा पालमा बस्न बाध्य छन् ।
अहिलेसम्म १० घर बुढी खोलाको बाढीले कटान गरी बगाइसकेको छ । घर बगाएका पिडितहरु १५ दिन देखी आफन्त तथा छिमेकीको शरणमा बस्न बाध्य छन् ।
यस्तै दुहबी भलुवा जोडने पक्की सडक पनि जोखिममा परेको छ । सडकको ७ मिटर सम्म कटान भएको हो । अहिले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले बाढीले भत्काइएका घरका संरचना निकाल्ने र कटान नियन्त्रणमा खटिएका छन । साथै थप कटान हुन नदिन दुहबी भलुवा नगरपालिकाको पहलमा एस्काभेटर प्रयोग गरि कटान नियन्त्रणको प्रयास शुरु भएको छ ।
बुढी खोलाको दक्षिण भागमा बाढीको निकास नहुँदा बस्तीतर्फ धेरै कटान भएको स्थानिय मुन्ना हलुवाईले बताए । नम्बरी जग्गा रहेका कारण व्यक्तिले बाँध लगाएपछि बाढीले बस्ती र सडक तिर कटान शुरु गरेको हलुवाईको भनाई छ ।
यता स्थानियले कटान नियन्त्रणमा नगरपालिका र जिल्ला दैवी प्रकोप उद्धार समितिले समयमै चासो नदिएको प्रति आक्रोश व्यक्त गरे । कटानबाट घर गुमाएका पिडितहरु अरुको शरणमा बस्न बाध्य हँुदा सम्म प्रशासनले उनीहरुको व्यवस्थापनमा ध्यान नदिएको स्थानिय राहुल रौनियारले बताए ।
३१ गते देखि निरन्तर रुपमा बुढी खोलामा बढी आएपछि थप कटानको जोखिम हँुदा अन्य बस्तीका स्थानियहरु पनि चैनसँग रात बिताउन सकेका छैनन् । बाढीले घर बगाएका पिडितहरु अझै पनि पालको भरमा खुल्ला आकाशमा बस्न बाध्य छन् । निरन्तर परिरहेको बर्षाले पीडितहरुको समस्या झन् बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण