आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डोल्पामा पहिरोको त्रास, प्रसुति केन्द्रको बास

आइतबार, ०९ साउन २०७३, १२ : ३५
आइतबार, ०९ साउन २०७३

दुनै – डोल्पाको पहाडा गाविस स्थित वडा नं मा पर्ने ३ र ४ मा पर्ने रावलबाडा, साईलाबाडा गाँउमा निरन्तर पहिरो बगिरहेपछि बस्तीनै जोखिममा परेको छ । यो क्रम विगत ५ वर्षदेखि जारी रहेको स्थानीयले बताएका छन् ।

प्रत्येक बर्ष बर्षायामको सुरुसंगै पहिरो बग्ने गरेपछि त्रासले रातभर नसुत्ने स्थानीय चन्द्र बहादुर शाहीले बताए । बस्तीको तलबाट पहिरो झरिरहेकाले बस्तीनै बग्ने डरले बर्षातको समयमा नजिकैको भुतिङग्रामा रहेको प्रसुति भवनमा रात कटाउन जाने गरेको शाहीले बताए ।

निरन्तर बगिरहेको पहिरोले बस्ती भेटाउन १२ मिटरमात्र रहेपनि यस्तो अवस्थामा पनि तटबन्धनको लागि कसैले सहयोग नगरेको गुनासो स्थानीय लाल बहादुर केसीले गरे ।

पहिरोसँगै सयौँ रोपनी अन्नबाली सहितको खेतीयोग्य जमिन पनि पुरिँदै गएको केसीले बताए ।

तत्काल पहिरोको जोखिममा १४ धरधुरी रहेको र केहि समयपछि साईलाबाडा बस्तीको ८० भन्दा धेरै घर पहिराको उच्च जोखिममा रहेको स्थानीय भैर बहादुर शाहीले बताए ।

विभिन्न निकायले राहतको लागि आश्वासन दिएपनि जोखिम न्युनिकरणका लागि अहिलेसम्मपनि कसैले सहयोग नगरेको उनीहरुले बताए । केही समयअघि स्थानीयले आफै बृक्षारोपण गरे पनि त्यो निष्प्रभावी बनेको उनीहरुले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप