डोल्पामा पहिरोको त्रास, प्रसुति केन्द्रको बास
दुनै – डोल्पाको पहाडा गाविस स्थित वडा नं मा पर्ने ३ र ४ मा पर्ने रावलबाडा, साईलाबाडा गाँउमा निरन्तर पहिरो बगिरहेपछि बस्तीनै जोखिममा परेको छ । यो क्रम विगत ५ वर्षदेखि जारी रहेको स्थानीयले बताएका छन् ।
प्रत्येक बर्ष बर्षायामको सुरुसंगै पहिरो बग्ने गरेपछि त्रासले रातभर नसुत्ने स्थानीय चन्द्र बहादुर शाहीले बताए । बस्तीको तलबाट पहिरो झरिरहेकाले बस्तीनै बग्ने डरले बर्षातको समयमा नजिकैको भुतिङग्रामा रहेको प्रसुति भवनमा रात कटाउन जाने गरेको शाहीले बताए ।
निरन्तर बगिरहेको पहिरोले बस्ती भेटाउन १२ मिटरमात्र रहेपनि यस्तो अवस्थामा पनि तटबन्धनको लागि कसैले सहयोग नगरेको गुनासो स्थानीय लाल बहादुर केसीले गरे ।
पहिरोसँगै सयौँ रोपनी अन्नबाली सहितको खेतीयोग्य जमिन पनि पुरिँदै गएको केसीले बताए ।
तत्काल पहिरोको जोखिममा १४ धरधुरी रहेको र केहि समयपछि साईलाबाडा बस्तीको ८० भन्दा धेरै घर पहिराको उच्च जोखिममा रहेको स्थानीय भैर बहादुर शाहीले बताए ।
विभिन्न निकायले राहतको लागि आश्वासन दिएपनि जोखिम न्युनिकरणका लागि अहिलेसम्मपनि कसैले सहयोग नगरेको उनीहरुले बताए । केही समयअघि स्थानीयले आफै बृक्षारोपण गरे पनि त्यो निष्प्रभावी बनेको उनीहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण