जुम्लामा ३९ करोड ३१ लाख बजेट फ्रिज
जुम्ला – आर्थिक वर्ष ०७२/०७३ मा जुम्ला जिल्लाको विकासे बजेट ३९ करोड ३१ लाख ४७ हजार २ सय ६९ रुपैया फ्रिज गएको छ । पूँजीगत तर्फ २४ करोड १६ लाख ५६ लाख ८ सय १५ अर्थात १७ दशमलब ३३ प्रतिशत रकम खर्च नभएर फ्रिज गएको छ भने त्यसैगरी चालुतर्फ १५ करोड १४ लाख ८९ हजार ४ सय ५४ अर्थात ६ दशमलब ४४ प्रतिशत रकम फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।
पूँजीगत तर्फ ८२ दशमलब ६७ प्रतिशत अर्थात १ अर्ब १५ करोड २९ लाख ५० हजार ८ सय १५ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख कोष नियन्त्रक गोकुल बाँस्तोलाले बताए । त्यसैगरी चालु तर्फ २ अर्ब २० करोड ९ लाख ५३ हजार ८ सय ३२ अर्थात ९३ दशमलब ५६ प्रतिशत रकम खर्च भएको उनले बताए । गत आर्थिक वर्षमा चालुतर्फ ९२ दशमलब ६२ प्रतिशत रकम खर्च भएको थियो ।
गत आर्थिक वर्षको तुलतनामा यस आर्थिक वर्ष जुम्लामा खर्च बढी भएको जनाएको छ । समयमै निकाशा आएको र काम भएकाले खर्च बढी भएको हो । यस आर्थिक वर्षमा पूँजीगत तर्फ ८२ दशमलब ६७ प्रतिशत रकम खर्च भएको र गत वर्ष ७३ दशमलब ५१ प्रतिशत रकम खर्च भएको थियो ।
यस वर्ष पूँजीगत तर्फ १७ दशमलब ३३ प्रतिशत फ्रिज गएकोमा गत आर्थिक वर्षमा २६ दशमलब ४९ प्रतिशत रकम फ्रिज गएको प्रमुख कोष नियन्त्रक बाँस्तोलाले बताए । यस आर्थिक वर्ष ०७२/०७३ मा चालु तर्फ ६ दशमलब ४४ प्रतिशत रकम फ्रिज गएको छ भने गत गत वर्ष ७ दशमलब ३८ प्रतिशत रकम फ्रिज गएको उनको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण